Division forest_Ads
Barista_Training

राजनीतिका पण्डितहरू विकास गर्छु भन्छन्

गजल

Geruwa GIF

-जे.पि. तूफान डी. दुलाल ‘ तूफानी कवि ’ 

 राजनीतिका पण्डितहरू विकास गर्छु भन्छन्  । 

आएका सारा बजेट जतिले गोजी भर्छु भन्छन्  ।। 

 

भोट माग्नु पर्दा घर/घरमा मुसो झै बनि जाने 

चुनाव जिते पछि खोइ  किन डेरा सर्छु भन्छन् ।। 

 

Basgadhi PSA_final

आन्दोलन नगर्दासम्म  कुर्सीबाट नि नउठ्ने 

विकासको काम गर्नु भन्दा बरू म मर्छु भन्छन् । । 

 

यस्ता राजनेताका कर्तुतले देश सखाप हुन्छ

 जनताका पक्षमा होइन विरुद्ध लड्छु भन्छन्  ।। 

 

यसरी यस्ता तालले कसरी चल्छ र यो देश 

डुबानमा पारि जनतालाई म समुन्द्र तर्छु भन्छन् ।। 

  

Leave A Reply

Your email address will not be published.