bardiyahospital

वडा अध्यक्षको लागि  ६ जना उम्मेदवार, निर्वाचनमा २० लाख खर्च हुने अनुमान

Geruwa GIF

कृष्णसार अनलाइन । मङ्सिर १६ गते हुने निर्वाचनमा अध्यक्ष पदको लागि ६ जनाको उम्मेदवारी परेको छ । आइतबार साँझ ५ बजेसम्म तोकिएको समयमा ६ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  

ठाकुरबाबा नगरपालिका वडा –४ को वडा  अध्यक्ष पदका लागि नेकपा एमाले विष्णुप्रसाद देवकोटा, नेपाली काङ्ग्रेसका अमिन थारू, नेकपा माओवादी केन्द्रका शेरबहादुर थारू, राष्ट्रिय स्वतन्त्र पार्टीका बासुदेव शर्मा, नागरिक उन्मुक्ति पार्टीका प्रीतिलाल थारू र राष्ट्रिय प्रजातन्त्र पार्टीका रत्नबहादुर बहादुर शाहीको उम्मेदवारी दर्ता मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत नगेन्द्र चौलागाईंले बताउनु भयो । 

cld

निर्वाचन   कार्यालय बर्दियाका प्रमुख लाल बहादुर मल्लले वडामा ३ हजार ५ सय १० जना मतदाता रहेका बताउनु भयो । जसमध्ये महिला १ हजार ८ सय ३९ जना र पुरूष १ हजार ६ सय ७१ जना रहेको छन् । निर्वाचनमा दुई मतदान केन्द्र र पाँच मतदान स्थल रहेको छ । उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय ठाकुरबाबा नगरपालिका –४ को वडा कार्यालयमा ०८१ कात्तिक ३० गते स्थापना भएको छ ।

ठाकुरबाबा नगरपालिका वडा –४ को वडा अध्यक्ष सूर्य बहादुर बिष्ट  जिल्ला समन्वय समिति प्रमुख भएपछि वडामा पूनः निर्वाचन हुन लागको हो । वडामा पूनः निर्वाचन गर्दा करिब २० लाख खर्च हुने निर्वाचन कार्यालयको अनुमान रहेको छ । भने निर्वाचित वडा अध्यक्षले राजीनामा दिएर फेरि वडामा निर्वाचन हुँदा देशले थप आर्थिक भार बोक्नु परेको स्थानीयको भनाइ रहेको छ । 

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.