प्रकाश पौडेल, गुलरिया । बर्दियाको मधुवन नगरपालिका – ८ स्थित सामुदायिक वनमा घाँस दाउरा गर्ने क्रममा बाघको आक्रमणमा परी २ जना घाईते भएका छन् ।
मधुवन नगरपालिका वडा नं. ८ स्थित शिवदुर्गा सामुदायिक वनमा घाँस दाउरा काट्ने क्रममा आज दिउसो ११ बजे बाघको आक्रमणमा परी एक महिला र एक पुरुष गरी दुई जना घाईते भएका हुन् ।
मधुवन नगरपालिका वडा नं. ८ गाउँ नम्बर ५ बस्ने वर्ष ४७ को मोहम्मद अली र सोही गाउँ बस्ने ३३ वर्षीय ममता तिरुवा बाघको आक्रमणमा परी घाईते भएका हुन । घाईते तिरुवाको अवस्था सामान्य रहेको छ भने अलिलाई बर्दिया अस्पतालमा प्राथमिक उपचार पछि नेपालगञ्ज थप उपचारका लागि लगिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । घाईते ममता तिरुवाको हात र डाढमा बाघले चिथोरेको छ भने गम्भिर घाईते भएका मोहम्मद अलीलाई हात, टाउको, छाती र खुट्टामा चोट देखिएको छ ।