Division forest_Ads
Barista_Training

कर्णाली डेभलपमेन्ट बैङ्कको वित्तीय परिसूचक सकारात्मक

Geruwa GIF

बर्दिया । कर्णाली डेभलपमेन्ट बैङ्क  लिमिटेडले आफ्नो वित्तीय सूचकाङ्कमा सुधार गरेको छ ।    

बैङ्कका निक्षेपकर्ता, ग्राहकवर्ग, लगानीकर्ताका निरन्तर विश्वास र सहयोगको परिणाम हो । बैङ्कले वित्तीय  सूचकाङ्कमा  सुधार गर्न सफल भएको हो । 

नेपाल राष्ट्र बैङ्कको स्थलगत निरीक्षण प्रतिवेदनमा उल्लेख गरिएको न्यूनतम् प्राथमिक पुँजीकोष अनुपात क्रमशः ५२.५९ प्रतिशत  देखि २५.८७ प्रतिशत ऋणात्मकमा झारेको छ । जस अनुसार प्राथमिक पुँजीकोष अनुपातमा ५०.७१ प्रतिशत हासिल समेत गरिसकेको छ ।

Basgadhi PSA_final

त्यस्तै, आर्थिक वर्ष २०७९/०८० देखि २०८०÷८१ मा बैङ्कको निष्कृय कर्जा क्रमश, ५९.३९ प्रतिशतबाट ४०.८५ प्रतिशतमा घटाएको छ । जुन ३१.२२ प्रतिशतले हासिल गरेको हो । २०८१ को असोज मसान्त सम्ममा बैंकले निष्कृय कर्जालाई २९.४९ प्रतिशत समेत कायम राख्न सफल भएको छ । 

कर्जा, निक्षेप अनुपात च्बतष्य) आर्थिक वर्ष २०७९/०८० मा ६६.१३ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८०/०८१ मा ५५.०२ प्रतिशत मात्र रहेको छ । तरल सम्पति÷कुल निक्षेप अनुपात आर्थिक वर्ष २०७९./०८० मा ३३.०१ प्रतिशतबाट बढेर आर्थिक वर्ष २०८०/०८१ मा ३९.१० प्रतिशत कायम राखेको छ । जसले तरलता व्यवस्थापनमा कर्णाली डेभलपमेन्ट बैङ्क लि. को सक्रियताका साथै निक्षेपकर्ताका रकमको सुरक्षामा उच्च प्राथमिकता रहेको छन् । 

ग्राहकवर्ग, शेयर धनी सहयोगीहरूले यस प्रगतिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको देखिन्छ । यस बैङ्कको वित्तीय परिसूचकहरू विगतका दिन भन्दा सुधारात्मक रहेको हुँदा आगामी दिनहरूमा विशेष योजना सहित अझ उत्कृष्ट प्रतिफल दिने नवप्रवर्तक गर्दै अगाडि बढ्ने सङ्कल्प लिएका कर्णाली विकास बैङ्क लि. को नयाँ व्यवस्थापन टोलीले नेपाल राष्ट्र बैङ्क समक्ष कार्ययोजना सहितको लिखित प्रतिबद्धता समेत दिने जनाईएको छ । 

बैङ्कमा नियमित जसो पूर्ववत्ः ढङ्गबाट बैङ्किङ कारोबार सञ्चालनमा रहेको छ । बैकको वित्तिय कारोबार सुधारउन्मुख रहेको छ । 

Leave A Reply

Your email address will not be published.