प्रकाश पौडेल, गुलरिया । भत्किएको पुल निर्माण हुन नसक्दा स्थानीय सास्ती भोग्नु परेको छ । गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दी पुल निर्माण हुन नसक्दा स्थानीयले सास्ती भोग्नु परेको हो ।
२०७९ असोज २२ गते आएको बाढीले पुलको तीन वटा स्पान बगाएको थियो । बादीले बगाएको सो स्पान हालसम्म निर्माण हुन सकेको छैन । जसका कारण स्थानीयवासीहरू जोखिम पूर्ण यात्रा गर्न बाध्य छन् । स्थानीयले आवतजावत गर्न डुङ्गाको प्रयोग गर्नु परेको छ ।
बारबर्दिया नगरपालिका –११ की टिकारानी थारूले पुल नहुँदा गुलरिया अस्पताल जान, र अन्य सरकारी कार्यालयमा जाँदा निकै समस्या भोग्नु परेको बताउनु भयो । बनेको पुल नहुँदा भत्किएको पछि ५ मिनेट बाटो पनि आधा घण्टा लाग्ने गरेको छ । बिरामी हुँदा वा अन्य काममा जाँदा धेरै समय खर्च हुन्छ । भने नदीमा आवतजात गर्न समेत पनि पैसा तिनुपर्छ उहाँले बताउनु भयो ।
त्यसैगरी बारबर्दिया – १० की अनिता थारूले बिरामी भएर अस्पताल जानु परेमा नदी तरेर जानुपर्छ । रातमा कोही बिरामी हुँदा झनै समस्या हुन्छ रातमा डुङ्गा चढेर आउनजान जोखिम हुन्छ । भने डुङ्गा चढेर हिड्न समेत झन समस्या छ ।
बारबर्दिया –४ रामपुरका सुशिल ज्ञवालीले डुङ्गा राखेर यात्रा गर्दा निकै जोखिम हुने गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘घरआँउदा जाँदा साथमा मोटरसाइकल दुईवटा छोरा हुन्छन् । मोटरसाइकलको सुरक्षा गर्ने की छोराहरूको । मनमा सधै त्रास हुन्छ । नदी वारपार गर्न समेत जोखिम हुन्छ ।’
१६ करोड ६८ लाख लागतमा निमार्ण भएको करिब चार सय २५ मिटर पुल हस्तान्तरण नहुँदै २०७४ साउन २९ गते पुलका दुईवटा स्पान भासिएको थियो । पुलको स्पान भासिएको भए पनि पुलबाट साना सवारीसाधनका, मोटरसाइकल, साइकल, अटो सहज रुपमा ओहरदोहर गर्दै आएका थिए । २०७९ असोज २२ गते आएको बाढीले पुलको तीन वटा स्पान बगाए पछि आवत जावत नै पूर्णरुपमा बन्द भएको हो ।
बाढीले पुल बगाएको पनि सात वर्ष भन्दा बढी समय हुँदा समेत निमार्ण हुन नसकेको बारबर्दिया नगरपालिका –५ का वडा अध्यक्ष लालबहादुर चौधरी बताउनु हुन्छ । उहाँले पटक पटक मन्त्री र सांसद आएर पुल निर्माण गर्ने प्रतिबद्धता गरे पनि आजसम्म पुल निर्माण हुन नसकेको बताउनु भयो ।
बाारबर्दियाका नगरपालिकाका प्रमुख छविलाल थारूले पुल निर्माणको लागि यस वर्ष एक करोड सङ्घीय सरकारले बजेट छुट्टाए जानकारी दिनुभयो । उहाँले पुल भत्किए पछि पुल निर्माण गर्ने कम्पनीलाई अख्तियारमा मुद्दा परेको कारण सो स्थानमा पुल बन्न नसक्ने भन्दै सरकार बारबर्दिया–११ र गुलरिया –४ जोड्न सोही नदीको आसपासमा बबई नदी पुल भनेर योजना अगाडि बढाएको भएपनि सरकारले व्यवस्थापन गरेको बजेट अपुग रहेको बताउनु भयो । ‘सरकारले बबई नदीमा पुल हाल्नका निम्ति डिपीआरको काम अगाडि बढाएको छ । तर सरकारले व्यवस्थापन गरेको बजेट पुल निमार्णका काम अगाडि बढ्न सक्दैन् । पुल निर्माण गर्नका लागि थप बजेटको व्यवस्था पुल निमार्ण काम बढाउन आग्रह पनि गर्दछु ।’
बारबर्दिया नगरपालिकाले डुङ्गा सञ्चालनको लागि २१ लाखमा ठेक्का दिएको छ । डुङ्गामा आवतजावत गर्दा मोटरसाइकलको १५, साइकलले १० बाख्राको १०, कुखुराको ३ र मानिसको १० रूपियाका दरले रकम तिर्नुपर्ने बाध्यता रहेको छ ।
बिरामी, विद्यार्थी, सर्वसाधरण, कर्मचारी, शिक्षक गरी दैनिक १ हजार भन्दा बढी मानिसहरू डुङ्गामा आवतजावत गर्छन्