Division forest_Ads
Barista_Training

विद्यालयको तीन कोठे भवनको शिलन्यास

Geruwa GIF

पुष्कर काफ्ले, गेरुवा । गेरुवा गाउँपालिका – ३ मा रहेको सरस्वती आधारभूत विद्यालयको भवनको शिलन्यास भएको छ । गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले विद्यालयको भवनको शिलन्यास गर्नु भएको हो ।

पालिका र बिल्ड अन नेपालको साझेदारीमा निर्माण हुने ३ कोठे भवन र शौचालयको गेरुवा गाउँपालिकाका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि जमान सिंह केसीले शिलन्यास गर्नुभयो ।

शिलल्यास कार्यक्रममा बोल्दै अध्यक्ष केसीले १०६ दिनमा भवन सम्पन्न हुने गरी काम हुने भएकोले भवन निर्माणसँगै पठनपाठनमा सहज हुने बताउनुभयो । उहाँले यस विद्यालयलाई आवश्यक जग्गाको लागि समेत पहल भइरहेको उल्लेख गर्नुभयो ।

Basgadhi PSA_final

कार्यक्रममा अतिथिहरुलाई स्वागत गर्दै विद्यालयका प्रधानाध्यापक तेज बहादुर सिंहले सिलन्यास गरिएको भवनले भौतिक विकाससँगसँगै शैक्षिक क्रियाकलापमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा बोल्दै गेरुवा गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष निर्मल चौधरी र विल्ड अन नेपालका प्रतिनिधीले भवन निर्माणले गेरुवा गाउँपालिकाको शैैक्षिक स्तरलाइ उन्नती गर्न थप मदत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।भवन निर्माण कार्य गर्नु अघि स्थानीयतह विद्यालयसँग समन्वय भएकोले भवन निर्माणलाई अभियानकै रुपमा सबैले सहयोग गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा गेरुवा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, वडा नं. ३ का वडा सदस्य जमान सिंह कडायत, रामअवतार थारु, समाजसेवी तेजराज बजगाई, लगायत राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी, बडघर, अभिभावक, शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कैलाश कुमार थारुको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन शिक्षक हिमालय खनालले गर्नुभएको थियो । जिर्ण भवनमा पठनपाठन गर्दै आइरहेको विद्यालयले नयाँ भवन निर्माण हुने भएपछि पठनपाठनमा टेवा पुग्ने विश्वास गरेको छ ।

Leave A Reply

Your email address will not be published.