Division forest_Ads
Barista_Training

वलीका आक्रमणकारी माथी कारवाहीको माग

Geruwa GIF

कृष्णसार अनलाईन ।नेकपा एमाले बर्दियाका जिल्ला कमिटी सदस्य तथा बाँसगढी नगरपालिकाका उद्यमी नगरबाहादुर वली माथी सांघतिक हमला भएको छ । ठाकुरबाबा नगरपालिका वडा नं १ स्थित भुरिगाउँ बजारमा चारपाँच जना नकावधारी समुहले आक्रमण गरि उनीसँग भएको नगद समेत लुटपाट गरेका छन् ।

Basgadhi PSA_final

नेकपा एमाले बर्दियाले विज्ञप्ति जारी गरी घटनाको बारेमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । ‘मुख्य बजारमा दिउँसै गुण्डागर्दी भईराख्दा पनि सुरक्षा निकायले ध्यान नदिनु साथै सुरक्षामा देखिएको त्रुटी प्रति दुःख व्यक्त गर्दछौँ ।’ विज्ञप्तीमा उल्लेख गरिएको छ । मुख्यबजारमा दिनदहाडै भएको निन्दनीय घटनाको घर भत्सर्ना गर्दै यथाशिघ्र दोषी पत्ता लगाई दोषिलाई कानुनी कारवाहीको दायरामा ल्याउन विज्ञप्तीमा अपिल गरिएको छ ।


त्यसैगरी बाँसगढी उद्योग वाणिज्य संघले समेत विज्ञप्ती जारी गर्दै घटना प्रति घोर आपत्ती जनाएको छ । संघले घटनाका दोषीलाई कानुनी दायरामा ल्याई कारवाही गर्नका लागि सम्बन्धीत निकाय समक्ष जोडदार माग गरेको छ ।

Leave A Reply

Your email address will not be published.