काठमाडौँ । नेकपा एमालेका पूर्व उपाध्यक्ष भीम रावलले आफूलाई पार्टीबाट निष्कासन गर्ने निर्णयको विरुद्धमा पार्टीका कार्यकर्ताको साथ खोजेका पाइएको छ । सामाजिक सञ्जाल मार्फत रावलले आफूलाई निष्कासन गर्ने एमाले सचिवालय बैठकको निर्णयको विरोधमा कार्यकर्ताको साथ खोजेको पाइएको हो ।
सामाजिक सञ्जालमा पूर्व उपाध्यक्ष रावलले लेख्नु भएको छ – ‘सबै देशभक्त, न्यायप्रेमी, सुशासन, सुनिश्चित प्रणाली तथा जनताको समृद्धि र उज्यालो भविष्यप्रति प्रतिबद्ध इमानदार पार्टी कार्यकर्ता र जनसमुदायले केपी ओलीको अन्यायपूर्ण निर्णयको विरोध गर्नेमा म विश्वस्त छु,।’