bardiyahospital

 बर्दियामा ५ हजार ७ सय ६८ जना विद्यार्थीले विद्यालय छोडे

Geruwa GIF

 प्रकाश पौडेल, गुलरिया । बर्दियामा ५ हजार ७ सय ६८ जना विद्यार्थीले विद्यालय  छोडेको  पाइएको छ । शिक्षा विकास तथा  समन्वय इकाईका अनुसार ५ हजार ७ सय ६८ जना विद्यार्थीले विद्यालय  छोडेको पाइएको हो । 

शैक्षिक वर्ष २०८० मा कक्षा १ देखि ९ कक्षामा पढ्ने विद्यार्थीको सङ्ख्या ८३ हजार ६ सय  ७२ रहेको थिए ।  शैक्षिक वर्ष २०८० का भर्ना भएको विद्यार्थी एक तह स्तर उन्नति गरेर माथि पुग्दा शैक्षिक वर्ष २०८१  मा  ७७ हजार ९ सय ४ रहेको थिए ।  एक शैक्षिक वर्षबाट अर्को शैक्षिक वर्षमा पुग्दा ५ हजार ७ सय ६८ जना विद्यार्थीले विद्यालय  छोडेका शिक्षा विकास तथा समन्वय इकाईले  शाखा अधिकृत शेरबहादुर रोकाले बताउनु भयो । 

cld

शिक्षा विकास तथा  समन्वय इकाई प्रमुख सूर्य बहादुर खत्रीले विद्यालय छोड्नुको प्रमुख कारणमा परिवारको आर्थिक अवस्था कमजोर भएका बालबालिकाले  बालमजदुर रुपमा काम गर्नु,  रोजगारीका अवसर नहुदाँ न्यून आर्य भएका परिवारका अभिभावक कमाउने जाँदा बालबालिकासँगै लैजाने, कम उमेरमा विवाह गर्ने त्यसपछि विद्यालय जान लाज मान्ने र  लागू औषधको प्रयोग गर्ने बानी परेकाहरू विद्यार्थीहरू विद्यालय छोड्ने गरेको बताउनु भयो । 

पढेर पनि रोजगारीको अवसर नहुनु,  गरिबीका कारण किताब कापी किन्न नसक्नु, कोभिड पछि विद्यार्थीमा बसेको मोबाइलको लत र मोबाइलको चरम दुरुपयोग लगायतका कारणले विद्यालय छोड्ने विद्यार्थीको बढेको बगलामुखी राधाकृष्ण थारू माध्यामिक विद्यालयका प्रधानाध्यापक मतिराम शर्माले बताउनु भयो । उहाँले भन्नुभयो, ‘ बुबाआमा अभिभावक अशिक्षित भएका परिवारका विद्यार्थीहरूले विद्यालय छोड्ने गरेको छन् । विशेष गरी कक्षा ८, १० मा  पढ्ने विद्यार्थीहरूले बढी विद्यालय छोडेका छन् ।’

जनता माध्यामिक विद्यालय रम्मापुरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तीर्थराज पौडेलले  विद्यालयमा विद्यार्थीलाई टिकाइ राख्नका लागि  व्यवहारिक र जीवन उपयोगी शिक्षा पद्धति, विद्यालयमा शैक्षिक वातावरणको निर्माण, विद्यार्थीमैत्री अतिरिक्त क्रियाकलापको सञ्चालन, गर्नु पर्ने बताउनु भयो । उहाँले विद्यार्थीको साथ साथै अभिभावकलाई शिक्षाको महत्व बारेमा सचेतना जगाउन जरुरी रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ विद्यालय पढ्न गएका आफ्नो छोराछोरीको पढाई बारेका बुझ्न विद्यालय जाने गर्नुपर्छ । अभिभावक सचेत भएर बालबालिका अवस्था मात्र बुझ्न भने पनि विद्यालयमा विद्यार्थी टिकाउन सकिन्छ । विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्यामा कमी ल्याउन सकिन्छ ।’

नेपालको संविधानको धारा ३१ मा शिक्षा सम्बन्धी हकको उपधारा २ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा  अनिवार्य र निःशुल्क तथा माध्यामिक तहसम्मको शिक्षा निःशुल्क पाउने हकको व्यवस्था गरेको छ । तर आर्थिक अभाव, कम उमेरमा विवाह लागू औषधको बढ्दो प्रयोगले  विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्या दैनिक रुपमा बढ्दै गएको छ । शिक्षा विकास तथा समन्वय इकाईको तथ्यांक हेर्दा शैक्षिक वर्ष २०८१ कक्षा ९ र १० पढ्नेहरुले विद्यालय छोडेको देखिन्छ । भने कक्षा ३ र ७ मा विद्यार्थी बढेको देखिन्छ । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.