bardiyahospital

बर्दिया देशकै उत्कृष्ट पर्यटकीय क्षेत्र : मन्त्री शर्मा

Geruwa GIF

मुकुन्द सुवेदी
बर्दिया

लुम्विनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले बर्दिया जिल्ला देशकै उत्कृष्ट पर्यटकीय क्षेत्र रहेको बताउनु भएको छ ।

cld

गेरूवा गाउँपालिका वडा नं. १ ओखरीया (इन्टेक) मा निर्माण गरिएको ट्रि–हाउस (रुखघर) को उद्घाटन गर्दै मन्त्री शर्माले जिल्लामा थुप्रै पर्यटकीय क्षेत्र रहेको र त्यसको प्रचार प्रसार हुन सके बर्दिया जिल्ला देशकै उत्कृष्ट पर्यटकीय क्षेत्र हुने दावी गर्नुभयो । लुम्बिनी प्रदेश सरकार बर्दिया जिल्लालाई देशकै उत्कृष्ट पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सधैँ तत्पर रहेको समेत बताउनु भयो । उहाँले ट्रि–हाउस संचालन सँगै गेरूवामा आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि भइ स्थानीयको आयआर्जनमा सुधार हुने विश्वास व्यक्त गर्नुभयो ।

जनकनगर मध्यवर्ती होमस्टेका अध्यक्ष तिलकराम थारूले ओखरीया (इन्टेक) क्षेत्र हरेक तवरले उत्कृष्ट रहेको बताउँदै यहाँको मनोरम दृश्य, प्राकृतिक वातावरण, सुन्दरतासँगै ट्रि–हाउसको संचालन भएपछि पर्यटकको संख्यामा उल्लेखनीय वृद्धि हुने दाबी गर्नुभयो । ट्रि–हाउसको कार्यविधि बनिसकेकोले कार्यविधि अनुसार अघि बढ्ने उहाँले बताउनुभयो ।

 

ट्रि–हाउसमा २ वटा कोठा रहेका छन् । ट्रि–हाउसमा बास बस्नको लागि आन्तरिक पर्यटकलाई प्रतिव्यक्ति ५ सय रूपैयाँ र बाह्य पर्यटकलाई प्रतिव्यक्ति ७ सय रूपैयाँ शुल्क निर्धारण गरिएको छ । ट्रि–हाउसमा बस्ने पर्यटकले जंगली जनावरको प्रत्यक्ष अवलोकन गर्ने मौका पाउने छन् ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.