

कृष्णसार अनलाइन । प्रथम थारू कृषि तथा पर्यटन सांस्कृतिक मेला तथा बर्दिया माघ महोत्सव आजबाट सुरु भएको छ । थारू कल्याणकारिणी सभाको आयोजनामा महोत्सव सुरु भएको हो ।
आयोजकले शुक्रबार पत्रकार सम्मेलन गरी महोत्सव बाँसगढी नगरपालिकामा पौष २७ देखी माघ ७ गतेसम्म सञ्चालन जनाएको छ । । ‘ थारू सांस्कृतिक संरक्षण र प्रवर्द्धन कृषि ,पर्यटन, लघु उद्यम विकास र समृद्धिमा हामी सबैको अभियान ’ भन्ने मुल नाराका साथ माघ महोत्सव गर्न लागिएको प्रचारप्रसार समिति संयोजक सिताराम थारूले बताउनु भयो ।

उहाँले बर्दियामा नै पहिलो पटक महोत्सवमा चर्चित नायक प्रदिप खड्का समेत आउने जानकारी दिनुभयो । उहाँले भन्नुभयो ,‘ राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तृती रहने छ । भने बर्दियामा पहिलो पटक थारू नृत्य प्रतियोगिताको समेत आयोजना गरिएको छ । नृत्य प्रतियोगितामा अन्य समुदायका सहभागी हुन पाउने भएपनि नृत्य गर्दा अनिवार्य थारू पहिरन र गीतमा नृत्य गर्नु पर्नेछ ।’
अन्य समुदायमा भन्दा बढी थारू समुदायमा बालविवाह गर्ने बीचमा पढाइ छोड्ने समस्या रहेको छ थारू कल्याणकारिणी सभामा प्रवक्ता राजसिंह थारूले बताउनु भयो । उहाँले थारू समुदायमा रहेको विकृतिका अन्य गर्नका महोत्सवबाट संकलन भएको रकमले समुदायमा सचेतना मूलक कार्यक्रम गर्ने र त्यसबाट बाँसगढी रहेका ४५ थारू गाउँमा फाइदा पुग्ने जानकारी दिनुभयो ।
महोत्सवमा ज्येष्ठ नागरिकलाई प्रवेश निःशुल्क तथा विद्यार्थीलाई ३० प्रतिशत छुट को व्यवस्था गरिएको छ । भने महोत्सव अवधीमा टिकट काट्ने मध्ये एकजनालाई ५३ हजारको रेडमी मोबाइल लक्की ड्र मार्फत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।