bardiyahospital

विश्वकप लागि नेपाली खो खो खेलाडीको बिदाई 

Geruwa GIF

कृष्णसार अनलाइन ।   खो खो विश्वकप प्रतियोगिताको लागि नेपाली टिमको बिदाइ गरिएको छ । भारतको दिल्लीमा  हुने प्रथम खो खो विश्वकप प्रतियोगिताको लागि छनौट भएका खेलाडीलाई शुक्रबार  बिदाइ गरिएको हो । 

राष्ट्रिय खेलकुद परिषद त्रिपुरेश्वर काठमाडौँबाट परिषदमा सदस्य सचिव टङ्कलाल घिसिङले खो खो खेलाडीलाई बिदाई गर्नु भएको हो । १३ औँ दक्षिण एसियाली खो खो प्रतियोगितामा नेपाली टिमले रजत पद प्राप्त गरेको थियो । भने अब नेपाली टिमले प्रथम पटक सञ्चालन हुन लागेको खो खो विश्वकप सहभागि हुने भएको छ । 

cld

पुष २९ देखि माघ  ७ गतेसम्म हुने खो खो विश्वकप खेलकुद प्रतियोगितामा पुरूष तर्फ नेपाली सेना  क्याप्टेन हेमराज पनेरू, जनक चन्द्र, समिर चन्द्र, विश्वास चौधरी, सूरज पुजारा, यमन पुरी, वेदबहादुर वली, झलक बिक लुम्बिनी प्रदेशबाट रोहितकुमार वर्मा, विकराल सिंह रत्गैया, बिशाल थारू, भरत सारू, बाग्मती प्रदेशबाट राजन बल,  र सुदूरपश्चिम प्रदेशबाट जोगेन्द्र राना र गणेश विश्वकर्मा रहेको व्यवस्थापक छत्रबहादुर शाही बताउनु भयो । 

त्यसैगरी महिला तर्फ नेपाली सेनाका क्याप्टेन सरस्वती कडायत, मानमति धामी,पुजा ओड, आशा थारू, दिपा बि.क, निशा शाही, कञ्चन चौधरी, कर्मा कुमारी शाही, लुम्बिनी प्रदेशबाट पुनम थारू, सम्झना बि.क, दिपाकुमारी बि.क, गिता बि.क सुदूरपश्चिम प्रदेशबाट वर्षा पण्डित खुस्बु राना, र बाग्मती प्रदेशबाट अनिशा गोले रहेका छन् । उहाँले लक्ष्मीनारायाण वैद्य, उषा कँवर बिक्कीराज महर्जन र क्यामुद्धिन मन्सुर प्रशिक्षक, रहेको जानकारी दिनुभयो । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.