Krishnasar_Dubble Ad
Barista_Training

पाटेबाघको आक्रमणबाट एक महिलाको मृत्यु 

Geruwa GIF

बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । घर नजिकैको मुक्तिपुर सामुदायिक वन किनारमा बाख्रा चराउन गएको समयमा बाघले आक्रमण गर्दा ठाकुरबाबा नगरपालिका वडा नं ७ कि ४० बर्षिया पदमकला थापाको मृत्यु भएको हो ।

Basgadhi PSA_final

घर नजिकै रहेको सामुदायिक वनको छेउमा रहेको चउरमा बाख्रा चराउन गएको समयमा पाटे बाघले आक्रमण गरेपछि थापाको मृत्यु भएको ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कलम विष्टले जानकारी दिनुभयो ।

बाघले आक्रमण गरेलगत्तै बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र स्थानीय सहितको टोलिले खोजी गर्दा बाघले आक्रमण गरेको ठाउँदेखि झन्डै ७ मिटर भित्र शव फेला परेको थियो । मृतक थापालाई बाघले टाउको र घाँटीमा आक्रमण गरेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि सदरमुकाम गुलरिया लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक ऋषिराम घर्तिमगरले बताउनु भयो ।

बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ प्रमुख संरक्षण अधिकृत डा. अशोक रामका अनुसार बाघ नियन्त्रणमा लिन सामुदायिक वनमा हात्ती सहितको प्राविधिक टोली खटिसकेको छ ।

Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page