bardiyahospital

जिल्ला स्तरीय लैङ्गिक हिंसा सञ्जाल समिति पुनर्गठन

Geruwa GIF

कृष्णसार अनलाइन ।  जिल्ला स्तरीय लैङ्गिक हिंसा सञ्जाल समिति पुनः गठन गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक केदार खनालको संयोजकत्वमा जिल्ला स्तरीय  लैङ्गिक हिंसा सञ्जाल समिति पुनः गठन गरिएको हो ।

लैङ्गिक हिंसा नियन्त्रणमा गर्न र हिंसा पीडितलाई न्याय दिलाउनको निमित्त सुरक्षाको प्रत्याभूति दिन, सल्लाह, सूचना आदानप्रदान गर्न र लैङ्गिक हिंसा  न्यूनिकरण तथा रोकथाम गर्न समितिको पुनर्गठन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी केदार खनालले बताउनु भयो । उहाँले  जिल्ला स्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन पालिका स्तरीय, वडा र टोलसम्म पनि सञ्जाल गठन गरी लैङ्गिक हिंसा नियन्त्रणका काम गर्ने गरी समिति पुनर्गठन गरिएको जानकारी दिनुभयो । उहाँले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा जोखिममा रहेका वर्गहरूको अधिकारको लागि काम गरिरहेको सरकारी संस्था, नागरिक समाज एवं समुदायलाई आपसमा समूहीकृत र सङ्गठित गरी  लैङ्गिक हिंसा नियन्त्रण लागि काम गर्न पनि समितिलाई पुनर्गठन गरिएको  जानकारी दिनुभयो ।  

cld

समितिमा जिल्ला प्रहरी कार्यालय प्रमुख केदार खनाल संयोजक,  महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख असई सरस्वती पौडेल सदस्य सचिव,  इन्दिरा सुवेदी कोषाध्यक्ष, इन्सेक जिल्ला प्रतिनिधि प्रकाश पौडेल सदस्य, गुलरिया नगरपालिका महिला तथा बालबालिका शाखाकी प्रमुख शिला शाह, जिल्ला प्रसाशन कार्यालय बर्दियाकी नायक सुब्बा नैनसरा वली बर्दिया जिल्ला अदालत बार एशोसियसनका अध्यक्ष कमलप्रसाद पाण्डे, पत्रकार महासङ्घमा अध्यक्ष निर्मल घिमिरे, नागरिक समाजकी संयोजक हिमा सुनार, उद्योग वाज्यिय सङ्घ अध्यक्ष  देवेन्द्र पाण्डे, गैरसरकारी महासङ्घकी अध्यक्ष प्रिज्मा सिंह थारू, शिक्षा विकास तथा समन्वय इकाई बर्दिया लक्ष्मी चौधरी, माइती नेपालकी कार्यक्रम संयोजक गायत्री रिमाल सदस्य रहेको जिल्ला स्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी ऋषिराम घर्तीमगरले बताउनुभयो । 

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.