HPV KHOP
Barista_Training

जब्दीघाटमा पुल निर्माण हुने, ज्ञापन पत्र बुझाए पछि बजेट सुनिश्चितता भयाे:ज्ञावली

Geruwa GIF
यज्ञप्रसाद सापकोटा,बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिका र गुलरिया नगरपालिका जोेड्ने जब्दीघाटमा पुल निर्माण हुने भएको छ । नेपाल सरकार अर्थ मन्त्रालयले हालै पुल निर्माणका लागि एक अर्ब एक करोड २९ लाख बजेट सुनिश्चितता गरेपछि पुल निर्माण प्रक्रिया सुरु हुने भएको हो ।
अर्थ मन्त्रालयले बजेट सुनिश्चितता दिई सकेको हुनाले अबको केही समयमा पुल निर्माणको लागि ठेक्का प्रक्रिया सुरु हुनेसडक डिभिजन कार्यालय बाँकेका प्रमुख नरेन्द्र भट्टले बताउनु भयो । ‘हाल स्रोत सहमति पाएका छौँ अब पुल निर्माण प्रक्रिया सुरु गर्ने बाटो खुल्यो ।’उहाँले भन्नु भयो – ‘अब लागत अनुमान स्विकृतीको प्रक्रिया अगाडी बढाउँछौ, एक महिना भित्रमा टेन्डर प्रक्रिया सुरु हुन्छ ।’ डिजाइन एण्ड विल्ड (सर्वे र निर्माण)का लागि एकै पटक टेन्डर आव्हान गरिने उहाँले बताउनु भएको छ । जुन निर्माण कम्पनीले निर्माण गर्ने हो सोही कम्पनी सर्वे गरेर निर्माण स्विकृति लिई पुल निर्माण गरिने कार्यालयले जनाएको छ ।
पुल निर्माण भएपछि बारबर्दिया नगरपालिका सदरमुकाम गुलरिया सँग प्रत्यक्ष जोडिने छ ।  २०७४ सालको बाढीमा पुल निर्माण भएर हस्तान्तरण नहुँदै जब्दीघाटको पुल भासिएको थियो । पुलबाट जोखिम मोलेर स्थानीयहरु आवतजावत गरीरहेका थिए । २०७९ सालको बाढीले पुल पूर्ण रुपमा भत्किएपछि आवतजावत नै ठप्प भएको थियो । हाल बारबर्दियाबासी सदरमुकाम पुग्नका लागि बर्षातमा डुंगाको भरमा नदी तर्ने गरेका छन् भने हिउँदयाममा पैसा तिरेर काठको पुल तर्न बाध्य छन् ।
Basgadhi PSA_final
पुल नहुँदा सास्ती पाएपछि विभिन्न तवरबाट पुल निर्माणका सरकारसँग माग गर्ने र दवाव दिने कार्य भईरहेको थियो । पछिल्लो समयमा नेकपा एमालेका केन्द्रिय सदस्य तथा बर्दिया जिल्ला इन्चार्ज लक्ष्मण ज्ञावली, केन्द्रिय सदस्य खडकबहादुर खड्का, केन्द्रिय सदस्य भिम केसी, केन्द्रिय सदस्य एवम् सभासद् शोभा ज्ञावली, नेकपा एमाले बर्दियाका अध्यक्ष शालिकराम अधिकारी, सभासद् शान्ति थारु लगाएतको टोलि ज्ञापन पत्र सहित प्रधानमन्त्रीको कार्यालय, अर्थ मन्त्रालय, भौतिक पुर्वाधार मन्त्रालय लगाएतका स्थानमा पुगेका थिए ।
ज्ञापनपत्रमा जब्दिघाटमा पुल निर्माण सहित सुर्खेत तेलपानी–भुरीगाउँ सडक निर्माण, बर्दिया जिल्लामा नेपाल भारत व्यापारीक नाका, बढैयाताल गाउँपालिकामा रहेको कुम्भर कपास फर्ममा औद्योगिक ग्राम निर्माण, भेरी बबई बहुउद्देश्यिय आयोजना यथाशिघ्र निर्माण, राजापुर सिचाई सबलिकरण आयोजना र बबई भादा ओराही नदी व्यवस्थापन आयोजनाका लागि स्रोत सुनिश्चितता र बजेट व्यवस्थापनका लागि माग गरिएको छ ।
ज्ञापनपत्र पश्चात् अर्थ मन्त्रालयले तत्काल नै जब्दीघाटमा पुल निर्माणको लागि स्रोत सुनिश्चितता गरेको र अरु मागहरु पुरा गर्नका लागि पनि प्रक्रियामा रहेको नेकपा एमालेका केन्द्रिय सदस्य तथा बर्दिया जिल्ला इन्चार्ज लक्ष्मण ज्ञावलीले बताउनु भयो ।
Leave A Reply

Your email address will not be published.