Krishnasar_Dubble Ad
Barista_Training

बर्दियामा रहेका हिन्दु धर्मावलम्बीको प्रमुख मन्दिरहरू

Geruwa GIF

 प्रकाश पौडेल, गुलरिया । बर्दियामा जातिगत,  भाषागत, कलासंस्कृति, भौगोलिक बनाउट , विविधता भएको जिल्ला हो । बर्दिया भन्ने बितीकै बर्दिया राष्ट्रिय निकुञ्ज, कर्णाली पुल,  कृष्णसार, बढैयाताल कोठियाघाटको पुन लगायतले परिचित छ । तर यस पटक बर्दिया फरक ढङ्गले चिनाउने  उद्देश्यले बर्दिया रहेका मठमन्दिरलाई समेटेर बर्दिया चिनाउने प्रयास गरिएको छ ।

 बगलामुखी मन्दिर

बगलामुखी मन्दिर गुलरिया नगरपालिका ७ मा बगलामुखी टोलमा रहेको छ । बगलामुखी देवीको मन्दिरको निकै नै आकर्षक बगलामुखी माताको कलात्मक मूर्ति रहेको छ ।
प्यागोडा शैलीको यो मन्दिर निकै नै कलात्मक शैलीमा बनाइएको छ । विशेष गरी हिन्दुहरूको विजयादशमी र शिवरात्री र प्रत्येक महिनाको संक्रान्तिमा यहाँ माहाआरती हुने गरेको छ । यस मन्दिरमा देवीको आराधना र पूजा अर्चना हुने गर्दछ ।

कोटही मन्दिर

गुलरिया नगरपालिका वडा नं ४ मा कोटही देवीको मन्दिर प्रख्यात मन्दिर रहेको छ । यहाँ पहिला पिपलको ठुटाको फेदीमा शिला पत्र रहेको र भक्तजनहरू त्यही शिला पत्रलाई कोटही देवीको रुपमा पुजा गर्न थालेको जनविश्वास रहेको छ ।


कोटही देवीको मूर्ति कालो प्रस्तरको निकै नै आकर्षक र कलात्मक शैलीको रहेको छ । मन्दिर परिसर निकै फराकिलो रहेकोले यस क्षेत्रमा विवाह मण्डप, पुजारी बस्ने घर लगायत विभिन्न भगवानका अन्य साना मन्दिरहरू पनि रहेका छन् । विजय दशमीको नवरात्रीमा विशेष पूजा हुने गर्दछ र भक्तजनहरूको भिड हुने गर्दछ । चैते दशैँको अष्टमी र नवमीमा पनि विशेष पूजा हुने गर्दछ ।

प्राचीन शिव मन्दिर

प्राचीन शिव मन्दिर बढैयाताल –७ शिवालय बकोटियामा रहेको छ । यो नेपालगञ्ज गुलरिया सडक खण्डको पचाशा चोकबाट तीन किलोमिटर भित्र रहेको छ । यहाँ विशेष गरी अष्टमी, विजयादशमी र शिवरात्रि पुजा आजा हुने गरेको छ । यो बर्दिया जिल्लाको प्राचीन मन्दिर पनि हो ।

यसको निर्माण करिब ३ सय वर्ष पहिला भएको किमन्दती रहेको छ । यो शिखर शैलीमा बनेको छ । मन्दिर जीर्ण भएपछि पुरातात्विक विभागले पुरानै शैलीमा पूर्ण निर्माण गरको छ । यहाँ थारू समुदायको पुजारीले पूजाआजा गर्दै आएको पाइन्छ ।

केदारेश्वर धाम

केदारेश्वर धाम बर्दियाको बाँसगढी नगरपालिकाको बाँसगढी बजार नजिक रहेको धार्मिक पर्यटकीय क्षेत्र हो । पूर्व पश्चिम राजमार्ग किनारमै बाँसगढी बजार नजिक विश्व प्रसिद्ध एक सय ८ फिट अग्लो ज्योतिर्लिङ्ग र एक सय ८ वटा धारा रहेको केदारेश्वर धाममा एक सय ८ कैलाशमार्ग रहेको छ ।

सदाशिव मन्दिर
बारबर्दिया नगरपालिका – ५ मा सदाशिव मन्दिर रहेको छ । यहाँ माघे संक्रान्तिमा विशेष पुजा हुने गर्दछ । यो मन्दिर रहेका स्थानमा  पहिला जंगलले रहेको थियो । त्यहाँ बन्जाराहरू लुकेर बस्ने गर्दथे । हरेक रात त्यहाँ शङ्ख घन्टी बजेको सुनिन्थ्यो । बन्जाराहरू आवाज कहाँबाट आयो भनी हेर्न जाँदा आवाज ढुंगा बाट आएको देखेपछि बन्जाराहरूले ढुङ्गामा तरबार प्रहार थिए । त्यहाँ रहेको ढुङ्गाबाट रगत आएपछि बन्जाराहरू भागेर गएका र स्थानीयताले जानकारी पाएर हेर्न जादा शिवलिङ्ग देखे पश्चात यसको संरक्षण गरि पुजा गर्न थालिएको जनविश्वास रहेको छ । यहाँ थारू समुदायको पुजारी रहेको पाइन्छ ।

सदियौँ पहिले भगवान शिवले यो शिवलिङ्ग आफै स्थापना गरेको हुँदा धर्मावलम्बीका निम्ति यस मन्दिरको विशेष महत्व रहेको मन्दिर व्यवस्थापन समितिका निबर्तमान अध्यक्ष मोहन थारुले जानकारी दिनुभयो ।

ठाकुरबाबा मन्दिर

ठाकुरबाबा मन्दिर ३ सय बर्ष अघि मल्लकालमा किसानले खेत जोत्ने क्रममा अष्टभुजा पोषण बिष्णु र हनुमान भगवानको ढुङ्गाको मूर्ति फेला परेको र उचाल्न नसकेपछि त्यहीँ राखिएको धार्मिक किम्बदन्ती छ ।

थारू समुदायका महन्त पुजारी रहेको मन्दिर भित्र मुख्य देवताको रुपमा भगवान विष्णुको मूर्ती छ । थारु समुदायले भगवान विष्णुलाई ठाकुर भनी पुकार्ने भएकाले यो मन्दिरको नाम पनि ठाकुरबाबा रहन गएको हो । करिब ४५ वर्ष अघि स्थानीयको जनश्रमदान र केही आर्थिक सहयोगमा गजुर शैलीमा ठाकुरबाबाको मन्दिर पुनर्निर्माण गरिएको हो ।

Basgadhi PSA_final

गणेशथान मन्दिर

बर्दियाको सदरमुकाम गुलरियाबाट झण्डै ३८ किलोमिटर पश्चिममा रहेको गणेशथान मन्दिर राजापुर क्षेत्रको पुरानो ऐतिहासिक मन्दिर हो । पीपलको रुखमा शिव पार्वती र गणेश भगवानको जस्तो आकार देखिएपछि स्थानीयवासीले पुजापाठ गर्दै आएको मन्दिरका पुजारी पुष्कर रेग्मीले बताउनु यो । उहाँले पीपलको रुखमा शिव पार्वती र गणेश रहेको स्थानमा स्थानीयहरुले पुजा गरेर संरक्षण गरी २०४२ सालमा मन्दिर निर्माण गरिएको जानकारी दिनुभयो । उहाँले मनोकांक्षा पूरा हुने जनविश्वास रहेकोले मन्दिरमा माघ महिनामा मंगलबार श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्ने गरेको बताउनुभ भयो

गुलरिया नगरपालिका –७ मा रहेको छटीमाई मन्दिर हो । यहाँ छटपर्वका दिनमा पुजाआजा हुने गरेको छ ।

कारेश्वरनाथ शिव मन्दिर गुलरिया –११ भैसाहीगाउँमा रहेको छ । यो मन्दिर प्यागोडा शैलमिा बनेमा छ । र यहाँ थारू समुदायको पुजारी रहर्दै आएको पाइन्छ ।

रामजानकी र राम मन्दिर राजापुर नगरपालिका –४ मा रहेको छ । रामजानकी मन्दिर गुम्बज शैलीमा निर्माण भएको छ । भने राम मन्दिर शिखर शैलीमा निर्माण भएको छ ।

यो मन्दिर राजापुर नगरपालिका –१० गिद्धरपुरमा रहेको भिमेश्वर पशुपति नाथको मन्दिरको मन्दिर हो । यो मन्दिरकोे स्थापना २०४३ साल फागुन १४ गते निर्माया भएको हो । यहाँ विशेष गरी भगवान शिवको पुजाआजा हुने गरेको छ ।

यो मन्दिर गुलरिया नगरपालिका –२ खैरापुरमा रहेको छ । यो मन्दिरमा शिव र पार्वतीको प्रतिमा रहेको छ

गुलरिया नगरपालिका –७ मा रहेको वैष्णो देवीको मन्दिर हो । यहाँ बैष्णे देविको पुजाआजा हुने गरेको छ ।

यो मन्दिर गुलरिया नगरपालिका – ५ मा सन्तोषी मन्दिर रहेको छ । यस मन्दिरमा हिन्दु धर्मावलम्बीले  पुजाआजा गर्दै  आएको पाइन्छ ।

गुलरिया नगरपालिका नगरपालिका –३ भारतीय सिमाना नजिक रहेको मन्दिर नथुनिया बाबाको मन्दिर हो । यहाँ हिन्दु धर्मावलम्बीले पुजा गर्ने गरेको पाइन्छ ।

गुलरिया नगरपालिका नगरपालिका –१ मा रहेको शिव पञ्चेश्वर महादेवको मन्दिर हो । भारतीय सिमाना नजिक रहेको मन्दिर खण्डाबाबाले समेत परिचित रहेको छ । । यहाँ हिन्दु धर्मावलम्बीले पुजा गर्ने गरेको पाइन्छ ।

गेरुवा गाउँपालिका रहेको राधेराधे धाम

मधुवन नगरपालिकामा रहेका महत्वपूर्ण मठमन्दिर

Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page