bardiyahospital

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन 

Geruwa GIF

कृष्णसार अनलाइन ।  भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूको स्मृतिमा बर्दियाको गुलरियामा दीप प्रज्वलनसहित शोकसभा गरिएको छ। 

बाढी आएको १३औँ दिनको अवसरमा नेपाल पत्रकार महासंघ बर्दिया शाखाको आयोजनामा भएको कार्यक्रममा सहभागीहरूले दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरेका थिए। कार्यक्रममा नेपाल पत्रकार महासंघ बर्दिया शाखाका पदाधिकारी तथा सदस्य, नागरिक समाजका संयोजक, बर्दिया जिल्ला अदालत बार एसोसिएसनका पूर्वअध्यक्षहरू तथा उद्योग वाणिज्य संघ गुलरियाका पदाधिकारी स्थानीय व्यापारी र अन्य व्यक्तिहरूको सहभागिता थियो ।

cld

 दीप प्रज्वलन सहित शोकसभा कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्ष निर्मल घिमिरेले विपदमा परी ज्यान गुमाउने व्यक्तिहरू प्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ता नागरिकहरूको खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायले ध्यान दिन जरुरी रहेको बताउनु भयो ।

 नेपाल प्रहरीले हालसम्म तीन हजार ३९४ नेपाली र ५९८ विदेशी गरी तीन हजार ९९२ जना सम्पर्कविहीन रहेको जनाएको छ। त्यस्तै, पहिचान हुन नसकेका एक हजार २९० शव रहेको र एक हजार १८१ शवको डीएनए परीक्षणका लागि नमुना संकलन गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार एक हजार ४४ शवलाई जमिनमुनि सुरक्षित रूपमा राखिएको छ भने ९८ शव परिवारलाई हस्तान्तरण गरिएको छ। भोटेकोशीमा आएको बाढीपछि बर्दियाका ७६ जना अझै सम्पर्कविहीन रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ। 

शोकसभामा सहभागीहरूले सम्पर्कविहीन नागरिकको खोजी कार्यलाई तीव्र बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.