Krishnasar_Dubble Ad
Barista_Training

सडक दुर्घटनामा १ सय २५ जनाको मृत्यु, सडक सुरक्षा चुनौती बन्दै

Geruwa GIF

प्रकाश पौडेल गुलरिया । बर्दियामा साढे तीन वर्षमा सडक दुर्घटनामा परि एक सय २५ जनाको मृत्यु भएको छ । सडक दुर्घटना परि मृत्यु हुनेको सङ्ख्या बढेसँगै  ट्राफिक प्रहरीका लागि सडक सुरक्षा प्रमुख चुनौती बन्दै गएको हो ।

पछिल्लो समय सडक दुर्घटना प्रमुख समस्या बन्दै गएको छ । साँघुरो र कच्चा सडक, क्षमता भन्दा बढी यात्रु बोक्नु, जथाभावी पार्किङ गर्नु, तिव्रगतिमा सवारी साधन चलाउनु, मादक पदार्थ र  लागूऔषधको कारण सडक दुर्घटना बढिरहेको छ । सडक सुरक्षाका तथा सवारी दुर्घटना न्यूनीकरण गर्नका ऐन, नियम, निर्देशिका तथा कार्ययोजनाहरू पनि जारी भएको छ । तर कार्यान्वयन पक्ष फितलो हुँदा सडक दुर्घटनामा कमी आउन सकेको छैन् । 

चालु आर्थिक वर्ष २०८१/०८२ को पुषसम्म सडक दुर्घटनामा परी २० जनाको मृत्यु भएको छ  । त्यसैगरी आर्थिक वर्ष २०८०/०८१ – २६ जना , आर्थिक वर्ष  २०७९/०८० मा ३३ जनाको मुत्यृ भएको छ ।  भने आर्थिक वर्ष २०७८/०७९ मा ४६ जनाको मृत्यु भएको भएको जिल्ला प्रहरी ट्राफिक प्रहरी प्रहरी हवल्दार कृष्ण डाँगीले बताउनु भयो ।

Basgadhi PSA_final

 त्यसैगरी चालु आर्थिक वर्ष २०८१/०८२ को पुषसम्म सडक दुर्घटनामा परि १ सय ८  जना घाइते भएका छन्   । त्यसैगरी आर्थिक वर्ष २०८०/०८१ – ९९ जना , आर्थिक वर्ष  २०७९/०८० मा ९१  जना र आर्थिक वर्ष २०७८/०७९ मा १ सय ८२  जनाको घाइते भएको भएको जिल्ला प्रहरी ट्राफिक कार्यालयले जनाएको छ । 

सरकारले सडक दुर्घटना कम गर्नका लागि भन्दै सवारी तथा यातायात व्यवस्थापन ऐन, २०४९, दुर्घटनाको पहिचान र उपचार, २०५४,  सडक उपभोक्ता निर्देशिका, २०५६,  राष्ट्रिय यातायात नीति, २०५८, ल्याएको छ । त्यसैगरी  सवारी तथा यातायात व्यवस्थापन निर्देशिका, २०६०, रणनीतिक सडक सञ्जाल  गुरुयोजना, २०६२, सार्वजनिक यातायात आचार संहित, २०६८, ल्याएको छ । भने  सवारी प्रशिक्षण विद्यालय पाठ्यक्रम, २०६९, नेपाल सडक मापदण्ड, २०७०, वस बडिविल्डीब मापदण्ड, २०७४, र स्कुल बस निर्देशिका, २०७४ ल्याएको छ । तर ऐन, नियम, निर्देशिकाको कार्यान्वयन पक्ष फितलो हुँदा सडक दुर्घटनामा कमी भएको छैन् । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका प्रमुख, प्रहरी निरीक्षक सुधीर कुमार खड्काले ट्राफिक प्रहरीले सडक दुर्घटना रोक्नमा चेकजाँच तथा सचेतना मूलक कार्यक्रम गर्दै आएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘सडक चेकजाँच गर्दा साढे तीन वर्षका ५८ हजार ४ सय ६३ सवारी साधनलाई कारवाही गरिएको छ, भने १ हजार ७३ पटक सचेतना मूलक कार्यक्रम सञ्चालन गरिएको छ ।’ सडक दुर्घटना न्यूनिकरण गर्नका लागि ट्राफिक प्रहरीले निरन्तर काम गरिरहेको भएपनि सवारी दुर्घटना हुनुमा ब्रेक वा स्टेरिङ फेल हुनु , ट्राफिक नियम पालना नहुनु र  नियमको बारेमा जानकारी नहुनु, सडकमा पर्याप्त रुपमा ट्राफिक सङ्केत, लाइट र रोड फर्निसिङ नहुनु , सडकमा खाल्टाखुल्टी व्यापक हुनु, समयमा सडक मर्मत नहुनु, सुरक्षित सडकपेटी नहुनु,  सवारी चलाउँदा मादक पदार्थ र लागूपदार्थको सेवन गरी सवारी साधन चलाउनु, तीब्र गतिमा सवारी चलाउनु  सडक दुर्घटनाको कारण हुने गरेको बताउनु हुन्छ ।  

त्यसैगरी उहाँले कम उमेरका बालबालिकाले सवारी साधन चलाउनु, सवारी चालकमा पर्याप्त तालिमको अभाव हुनु , ट्राफिक नियम तथा सडक सुरक्षा प्रति वेवास्ता गर्नु , बढी कमाउन चालकहरूबीच बढी सामान र यात्रु राख्न अस्वस्थ प्रतिस्पर्धा हुनु, सडक यात्री र  साना सवारी साधनले जथाभावी बाटो काट्ने, यात्रा गर्दा झुण्डिएर र छतमा बस्ने , सडक तथा किनारमा जथाभावी सामान राख्ने र विस्कुन सुकाउने , सडकमा पशुपन्छी तथा चौपाया छाडा छोड्ने पनि कारण सडक दुर्घटना हुने गरेको बताउनु भयो । 

Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page