Krishnasar_Dubble Ad
Barista_Training

नेपाल–भारत डीआईजी स्तरीय छैटौँ बैठक पाल्पामा

Geruwa GIF

कृष्णसार अनलाइन । सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलका  डीआईजी स्तरीय छैटौँ समन्वयात्मक बैठक सम्पन्न गरिएको छ । सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रण, समयमै सीमा स्तम्भहरूको मर्मत तथा सम्भार, दशगजा क्षेत्र अतिक्रमण गरी बनाइएका भौतिक संरचना संयुक्त प्रयासद्वारा हटाउने लगायतका विषयमा छलफल गर्न समन्वयात्मक बैठक गरिएको हो । 

सशस्त्र प्रहरी बल नेपाल नं. ५ बाहिनी मुख्यालय रूपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रदिप कुमार पाल र  भारतीय सशस्त्र सीमा बल समकक्षी सेक्टर हेडक्वार्टर एसएसबी लखिमपुर खेरीका डीआईजी बी. विक्रमनका तथा सेक्टर हेडक्वार्टर गोरखपुरका डीआईजी मुन्ना सिंहको नेतृत्वमा समन्वयात्मक बैठक पाल्पाको तिनाहुमा माघ ४ गते सम्पन्न भएको छ  ।

Basgadhi PSA_final

सशस्त्र प्रहरी बल नेपाल नं. ५ बाहिनी मुख्यालय रूपन्देहीका सहायक बाहिनीपति कमलप्रसाद तिउसीनाले बैठकमा दशगजा क्षेत्रको सरसफाइ तथा सौन्दर्य करण, सीमा अपराधहरू  मानव तस्करी अपहरण, नक्कली मुद्रा, हातहतियार, गोलिगठ्ठा, लागूऔषध तथा प्रतिबन्धित औषधी लगायत अवैध वन्यजन्तु तस्करी नियन्त्रण, गैरकानुनी रुपमा प्रवेश गर्न खोज्ने तेस्रो देशका नागरिकहरूको नियन्त्रण तथा रोक  लगाउने विषयमा छलफल भएको  जानकारी दिनुभयो ।

 उहाँले भन्नुभयो, ‘सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच संयुक्त अभियान अन्तर्गत दशगजा क्षेत्रमा संयुक्त गस्ती, हेल्प तथा हेल्थ डेस्क सञ्चालन, खेलकुद तथा विविध अभ्यासलाई समेत निरन्तरता दिइने  विषयमा समेत छलफल गरिएको छ । भने नेपाल-भारत खुल्ला सीमा सम्बन्धी समस्या तथा चुनौतीहरू र त्यसका समाधानका विषयमा प्रस्तुतीकरण गर्नुहुँदै यस किसिमका नियमित बैठकहरूको संचालनले नेपाल भारत सीमासँग सम्बन्धित समस्याहरू तत्काल समाधान गर्न थप सहयोग पुर्याउने बैठकले निर्णय भएको छ ।’

यस अघि पाँचौ बैठक सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बल बीच डीआईजी स्तरीय समन्वयात्मक बैठक भारतको उत्तर प्रदेशस्थित आईसीपी रुपैडियाको बहराइमा सम्पन्न भएको थियो ।
 

Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page