

गुलरिया । प्रहरीले २ किलो ९६ ग्राम अवैध चरेस सहित एक जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय मैनापोखरको टोलीले २ किलो ९६ ग्राम चरेस सहित जाजरकोट जुनीचाँदे गाउँपालिका – ५ का १९ वर्षीय कृष्ण थापालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी ऋषिराम घर्तीमगरले बताउनु भयो ।

उहाँले थापालाई ५ दिनको लागि जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय मैनापोखरमा राखिएको जानकारी दिनु भयो