HPV KHOP
Barista_Training

 रासायनिक मलको बढ्दो प्रयोगले माटोको उर्वराशक्ति घट्दै 

Geruwa GIF

प्रकाश पौडेल , गुलरिया । बर्दियामा प्रत्येक वर्ष रासायनिक मलको प्रयोग बढ्दै गएको पाइएको छ । किसानले कृषि उत्पादनमा वृद्धि गर्नका लागि खेतबारीमा युरिया, डिएपी र पोटासको मात्रा बढाउदै गएसँगै मलको प्रयोग बढ्दै गएको पाइएको हो । 

किसानले बढी फाइदा लिनका लागि प्राङ्गारिक मल प्रयोग गर्नु साटो रासायनिक मलको प्रयोग गर्ने गरेका छन् ।  रासायनिक मलको प्रयोगले तत्काल उत्पादनमा वृद्धि भएपनि दीर्घकालिक रुपमा यसले माटोको उर्वराशक्ति घटाउँदै लैजान्छ  । मलको बढ्दो प्रयोगले माटोको प्राकृतिक गुण र गुणस्तर नष्ट गर्ने गरेको कृषि विज्ञहरूको बताउँछन् । 

Basgadhi PSA_final

राजापुर नगरपालिका –७ भिम्मापुर ४६ वर्षीय पहारी थारूले २६ वर्षदेखि निरन्तर मुख्य पेशा नै कृषि  बनाएर खेती गर्दै आएको बताउनु भयो ।  उहाँले भन्नुभयो, ‘ धेरै पहिला खेती गर्दा प्राङ्गारिक मल प्रयोगको प्रयोग गरिन्थ्यो । सरकारले २०५७, ०५८ सालमा राजापुरमा  रहेको कृषि सेवा केन्द्र मार्फत किसानलाई  रासायनिक मल प्रयोग गर्न सकियो । त्यसपछि किसानले पनि निरन्तर मलको प्रयोग गर्न थालेको हुन । तत्काल त्यसबाट राम्रै फाइदा पनि भयो । तर अहिले प्रत्येक वर्ष रासायनिक मलको मात्रा बढाउदै लैजानु परेको छ । रासायनिक मल नहाल्ने हो भन्ने उत्पादन नै हुदैन् ।’ सरकारले  माटोको उर्वराशक्ति  खालको योजना बढाउने गरी काम नगरेको थारूले बताउनु भयो । उहाँले भन्नुभयो, ‘रासायनिक मलका अनुदान दिनुको साटो जैविक, कम्पोज मल पनि अनुदानको व्यवस्थापन भएमा माटोको उर्वराशक्ति बढाउन सकिन्छ ।’

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि सामाग्री कम्पनी लिमिटेडका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा युरिया ६ हजार ८ सय ०१.१५ मेट्रिक टन, डिएपी ५ हजार ४ सय २५.७० मेट्रिक टन, पोटास ४ सय ०९.०५ मेट्रिक टन बिक्रीवितरण भएको छ । त्यसैगरी आर्थिक वर्ष २०७९/०८० मा युरिया ६ हजार ३ सय १८.९ मेट्रिक टन, डिएपी ३ हजार ८ सय ८४.३ मेट्रिक टन मेट्रिक टन, पोटास ३ सय ०४.८५ मेट्रिक टन बिक्रीवितरण भएको छ । भने आर्थिक वर्ष २०७८/०७९ मा युरिया ३ हजार ४ सय ३५.७५ मेट्रिक टन मेट्रिक टन, डिएपी १ हजार ४ सय ९६ मेट्रिक टन मेट्रिक टन, पोटास १ सय ३७.४मेट्रिक टन आयत र बिक्रीवितरण भएको छ । भने खुल्ला सिमाना कारण आयत हुने मल र निजी कम्पनीले बिक्रीवितरण गर्ने गरेको मलको अभिलेख राज्यसँग नैै छैन् । भने साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि सामाग्री कम्पनी लिमिटेडबाट  प्राप्त हुने अनुदानको मलको बिक्रीवितरण बढ्दै गएको  

पहिलाको तुलनामा खेतबारीबाट हुने उत्पादन घटेको गुलरिया नगरपालिका –५ बालापुरमा किसान दिनेश चौधरीले  बताउनु भयो । । उहाँले खेतबारीमा गाईभैँसीको मल बाहेक, युरिया, डिएपी, पोटास मल समेत प्रयोग गरेको जानकारी दिनुभयो । । उनले भने, ‘ सुरुमा रासायनिक मल गर्दा उत्पादन बढेपनि पछिल्लो समयमा खेतबारीबाट हुने उत्पादन घटेको छ ।’

 कृषि तथा पशुपक्षी विकास मन्त्रालयले धानका लागि प्रतिहेक्टर युरिया २ सय १७ केजी,  डिएपी ६५ केजी र पोटास ५० केजी,  त्यसैगरी गहुँका लागि प्रतिहेक्टर युरिया २ सय ७१ केजी , डिएपी १ सय ८ केजी,  र पोटास ८३ केजी  भने मकैका लागि प्रतिहेक्टर युरिया २ सय ६० केजी,  डिएपी १ सय ३ं० केजी, र  पोटास ६६ केजी खेतबारीमा प्रयोग गर्न सिफारिस गरेको एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयका प्रमुख सागर ढकालले  बताउनु भयो ।  । बर्दियामा धान ५० हजार १ सय हेक्टरमा, गहुँ २३ हजार ३ सय ३५ हेक्टरमा, र मकै ५ हजार २ सय ३० हेक्टरमा खेती हुने गरेको छ ।

Leave A Reply

Your email address will not be published.