

प्रकाश पौडेल, गुलरिया । दलित महिलाको अधिकार स्थापना गर्न र राज्यका निकायमा दलित महिलाको पहुँचमा वृद्धि गर्नका लागि सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने दलित महिला सङ्घकी अध्यक्ष हिमा सुनारले बताउनु भयो । सञ्चार माध्यममा दहित महिलाको पहुँच अभिवृद्धिका लागि सञ्चारकर्मीको भूमिका विषय अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो ।

अन्य समुदायका महिला जस्तै दलित समुदायका महिला पनि योग्य छन् । अवसर प्राप्त गरेमा दलित महिलाले पनि काम गर्न सक्छन् भन्ने सन्देश दिने खालका समाचार सञ्चारका माध्यमका ल्याउनु पर्नेमा जोडदिनु भयो । र उहाँले भन्नुभयो,‘ अन्य समुदायमा भन्दा बाल विवाह गर्ने र घरेलु हिंसामा पर्नेमा दलित महिलाहरू धेरै रहेका छन् । उहाँहरूको पहुँचमा वृद्धि गर्नका लागि सबैले हातेमालो गर्न जरुरी रहेको छ । अझै सञ्चार माध्यममा दहित महिलाको समस्या बाहिर आउने सकेमा सरोकारवाला निकायको ध्यान जान्छ । ’
अन्तरक्रिया कार्यक्रममा बोल्दै पत्रकार महासङ्घमा अध्यक्ष निर्मल घिमिरेले पत्रकारहरूले दलित महिला लगायत अन्य पछाडि परेका समुदायमा पक्षमा निरन्तर कलम चलाउँदै आएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ पत्रकारहरूले जातीय विभेद र मानव अधिकार पक्षमा निरन्तर काम गर्दै आएका छन् । पत्रकारले पनि त्यहीँ अनुसार काम गर्नु पर्नेछ ।’
अन्तरक्रिया कार्यक्रममा बर्दिया जिल्लामा रहेका सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।