

कृष्णसार अनलाइन । बर्दिया बार एशोसिएसनको अध्यक्ष पदका लागि दुई जना बीचमा प्रतिस्पर्धा हुने गएको छ । बार एशोसिएसनको अध्यक्षको लागि केशव जि.सी. र खडानन्द तिवारीका उम्मेदवारी परेसँगै दुई बीच प्रतिस्पर्धा हुने भएको हो ।

त्यसैगरी सचिव पदका लागि रमेश चौधरी र देवेन्द्र सिग्देल तथा कोषाध्यक्ष पदका लागि यमलाल भाट र गोपाल सिग्देलको उम्मेदवारी परेको छ । भने ८ जना सदस्य पद लागि विश्वराज श्रेष्ठ, धर्मराज घर्ती, गोपाल रेग्मी, राजेन्द्रकुमार यादव, ठग्गाराम थारू, मेवालाल चौधरी, रविन्द्रनाथ चौधरी, देविराम भण्डारी र राजु प्रसाद सापकोटाको उम्मेदवारी परेको निर्वाचन अधिकृत ओम प्रकाश शर्माले बताउनु भयो । उहाँले उपाध्यक्षमा महादेव चौधरी तथा महिला सदस्यमा मिना चौधरी सर्वसम्मत निर्वाचित भएको जानकारी दिनुभयो ।
निर्वाचन माघ १२ गते बिहान १० बजेदेखि ४ बजेसम्म बार एशोसिएसनको भवनमा हुने निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।