

कृष्णसार अनलाइन, गुलरिया । खेतबारी गएर किसानले भोग्नु परेको समस्यालाई समाधान गर्न कृषक प्राविधिक भेटघाट कार्यक्रम गरिएको छ । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयले खेतबारीमा गएर किसानले भोग्नु परेको समस्यालाई समाधान गर्न कृषक प्राविधिक भेटघाट कार्यक्रम गरिएको हो ।
कृषक प्राविधिक भेटघाट कार्यक्रम मार्फत गुलरिया नगरपालिका – ५ रहेको बालापुर गाउँमा तरकारी खेती तथा पशुपक्षी पालन गरिरहेका किसानलाई भेटघाट गरिएको थियो । भेटघाट कार्यक्रम मार्फत किसानले उत्पादन गरेको तरकारी बालीको बिक्रीकेन्द्र, तरकारी बाली तथा पशुपक्षीमा देखा परेका समस्याको बारेमा छलफल भएको थियो । दूध, माछामासु, खसी, बोका धान गहुँ मकै सहकारीले खरिद गरेझैँ अन्य तरकारी बालीलाई पनि सहकारीले खरिद गर्ने वातावरण कसरी बनाउन सकिन्छ भन्ने विषयमा समेत छलफल भएको थियो ।
बालापुरका किसानले उत्पादन गरेका तरकारी नेपालगञ्ज, कोहलपुर, टीकापुर, महेन्द्रनगरबाट व्यापारी आएर खरिद गर्ने गरेको राम बहादुर चौधरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘उत्पादन गरिएको तरकारी लागि बजारको खासै समस्या नभएपनि तरकारी कम मूल्यमा बेच्नु पर्ने बाध्यता रहेको छ । तरकारी बजार खोज्नका निम्ति कार्यालयको सहयोग आवश्यक रहेको छ । ’

त्यसैगरी सोमराज थारूले १० कठ्ठामा टमाटर, खुसार्नी, काउली बन्दागोभी, मुला र साग तरकारी खेती गर्दै आएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘तरकारी खेतीबाट वार्षिक ५ लाख बराबरको आम्दानी हुन्छ । परिवारको तीन जना सदस्यले मिलेर काम गर्छौ । तरकारी खेतीबाट राम्रै आम्दानी भएको छ । भने तरकारी बालीमा केही समस्या परेमा एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयबाट निरन्तर सहयोग पाइएको छ ।’
कार्यालयले नियमित रुपमा कृषक प्राविधिक भेटघाट कार्यक्रम सञ्चालन गरी किसानको समस्या सुन्ने तथा कुनै समस्या भएमा तत्काल समाधान गर्ने गरी कृषक प्राविधिक भेटघाट कार्यक्रम सञ्चालन गरिएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका प्रमुख सागर ढकालले बताउनु भयो । उहाँले किसानको घरदैलोमा पुगेर किसान गरेको काम पनि हेर्न पाइने र किसानलाई कुनै समस्या परे तत्काल सहयोग गर्न सकिने भएको पनि यस्तो कार्यक्रम निरन्तर गर्दै आएको जानकारी दिनुभयो
कार्यक्रममा सहभागि अधिकांश किसानले अन्तर जिल्ला भ्रमण गराएर किसानसँग भेटघाट गर्ने , ज्ञानसीप सिक्न तथा अन्यत्र भईरहेका कामहरूको बारेमा बुभ्न पनि भ्रमण गराउनु पर्ने काम किसानहरूले राखेका थिए ।