Krishnasar_Dubble Ad
Barista_Training

शैक्षिक सामाग्री बितरण गर्न विद्यालयमा तरकारी खेती

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । कमजोर आर्थिक अवस्था भएका विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गर्न बर्दियाको गेरुवामा रहेको एक विद्यालयले तरकारी खेती सुरु गरेको छ । कमजोर अवस्था भएका विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गर्न गेरुवा गाउँपालिका ५ बिन्द्रामा रहेको सरस्वती आधारभूत विद्यालयले च्याउ, खुर्सानी , प्याज र भान्टा खेती सुरु गरेको हो । 

बर्दियामा सम्भव पहिलो पटक आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्नका लागि तरकारी खेती सञ्चालन गरिएको हो । उत्पादन भएको तरकारीले बजार पाउने आशा गर्दै विद्यालयले तरकारी बिक्रीबाट जम्मा भएको रकमले विद्यार्थीलाई शैक्षिक क्रियाकलापमा ठूलो सहयोग पुग्ने अपेक्षा राखेको छ । विद्यालयले प्रयोगमा नआएको खाली जग्गामा तरकारी खेती गर्दा विद्यार्थीले व्यवहारिक शिक्षा सिक्ने अवसर प्राप्त गर्नुका साथ शिक्षण सिकाइ समेत प्रभावकारी हुने देखिन्छ । 

विद्यालयले ३ कठ्ठा जग्गामा खुसार्नी, प्याज र भान्टा तरकारी खेती सुरु गरेको छ । भने ३० केजी बीउबाट च्याउ उत्पादन गरी बिक्री  समेत गरिरहेको छ । विद्यालयले अभिभावक, व्यवस्थापन समिति , शिक्षक र विद्यार्थीहरू मिलेर तरकारी खेती सुरु गरेको विद्यालयकी शिक्षिका राम कुमारी चौधरीले बताउनु भयो ।  तरकारी बिक्रीबाट भएको आम्दानीलाई पारदर्शी बनाउन  बाल क्लब, फोकल शिक्षक र खानेपानी स्वच्छता समितिको अध्यक्षको नाममा खाता खोली रकम जम्मा गरिने समेत जानकारी दिनुभयो । 

Basgadhi PSA_final

तरकारी खेती च्याउ खेतीका लागि ब्युल्डअन नेपाल संस्थाको १५ हजार रुपैयाँ  र विद्यालयको ६ हजार रुपैयाँबाट तरकारी खेती गरिएको शिक्षिका चौधरीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘ च्याउको उत्पादन राम्रै भएको छ ।  स्थानीयले विद्यालयबाट नै च्याउ खरिद गरेका छन् ।’

विद्यालयका प्रधानाध्यपक योगेन्द्रकुमार चौधरीले विद्यालयमा पहिलो पटक कक्षा ६, ७ र ८ का विद्यार्थीलाई सहभागी गराएर तरकारी खेती गरिएको बताउनु भयो । उहाँले विद्यार्थीको सोचमा परिवर्तन ल्याएर व्यवहारिक शिक्षा दिनमा लागि तरकारी खेती  गरिएको जानकारी दिनुभयो । उहाँले तरकारी बिक्रीबाट भएको आम्दानीले विद्यार्थीलाई छात्रवृति दिनुमा साथै विद्यालय मर्मत कोषमा समेत जम्मा गरिने बताउनु भयो । 

विद्यालयमा २ सय ५५ जना विद्यार्थी  अध्ययनरत रहेका छन् । विद्यालयमा आम्दानीको अन्य कुनै स्रोतको नभएपछि विद्यालयले तरकारी खेती सुरु गरेको हो । तरकारी खेतीबाट विद्यालयमा आम्दानी हुनुका साथै शिक्षक सिकाइ प्रभावकारी हुने विद्यालयको विश्वास रहेको छ ।

Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page