Krishnasar_Dubble Ad
Barista_Training

राजापुरमा करिब ९८ प्रतिशत घरधुरी सुरक्षित खानेपानीको पहुँच बाहिर 

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । राजापुर नगरपालिकामा करिब ९८  प्रतिशत घरधुरी सुरक्षित सुरक्षित खानेपानीको पहुँच बाहिर रहेको पाइएको छ । खानेपानी तथा सरसफाइ कार्यालय बर्दियाका अनुसार ९७.५० प्रतिशत  घरधुरीका उपभोक्ता सुरक्षित खानेपानीको पहुँच बाहिर रहेको पाइएको हो ।  

पालिकामा अझै पनि ९७.५०  प्रतिशत घरधुरीका उपभोक्ता पानीको लागि चापाकलमा निर्भर रहेका छन् ।  चापाकलको पानीमा आइरन र आर्सेनिक मात्रा बढी रहेको खानेपानी तथा सरसफाइ कार्यालय बर्दियाले जनाएको छ । पालिका रहेका १३ हजार ३ सय १७ घरधुरी, आइरन र आर्सेनिक भएको  पानी पिउन बाध्य रहेका छन् । भने ३ सय ४२ घरधुरी मात्र सुरक्षित खानेपानीको पहुँच रहेको खानेपानी तथा सरसफाइ कार्यालय बर्दिया प्राविधिक छविलाल बास्तोलाले जानकारी दिनु भयो ।

आर्थिक अभावले १ वर्ष देखि आयोजना बन्द  

Basgadhi PSA_final

राजापुर खानेपानी आयोजना आर्थिक अभावको कारण बन्द भएको छ । राजापुर नगरपालिकाको कार्यालयबाट करिब ५ सय मिटरको दूरीमा रहेको खानेपानीको आयोजना  आर्थिक अभावले गर्दा बन्द भएको हो । 

खानेपानीको आयोजना बन्दै भएसँग सो खानेपानी आयोजनाबाट लाभान्वित एक सय ९७ घरधुरी  रहेको धारामा पानी आउन बन्द भएको छ । भने राज्यले करोडौँको लगानीमा निर्माण गरेको आयोजना अलपत्र अवस्थामा रहेको छ । 

खानेपानी आयोजनाका अध्यक्ष नेत्र सोतीले खानेपानी आयोजनाबाट पानी निकाल्ने काम रोकिएको १ वर्ष भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘उपभोक्ता समितिले आयोजना सञ्चालन गर्न नसक्ने भएपछि आयोजना सञ्चालनको जिम्मा पालिकालाई लिन आग्रह गरेपनि पनि पालिकाले खासै चासो देखाएको छैन् । समितिले आयोजना सञ्चालन गर्न नसक्ने भएपछि आयोजना अलपत्र परेको छ । पालिकाभित्रको  सडक निर्माणको क्रममा पाइपहरू पनि टुटफुट भएका छन् । समितिसँग बजेट बजेट नभएकोले पनि समिति चाहे अनुसार काम गर्न सकेको छैन् ।

राजापुर नगरपालिका –४ का वडा अध्यक्ष विदुर पोख्रेलले खानेपानी आयोजना पुरानो भएकोले पानी धमिलो र खिया लागेको आउने गरेको बताउनु भयो । उहाँले पालिकासँग भएको रकमले आयोजना सञ्चालनको लागि नपुग्ने भएको हुँदा पालिकाले विद्युत महशुल पालिकाले तिर्ने गरेको जानकारी गराउनु भयो । ‘ खानेपानीको आयोजना पुरानो भएकोले पुराना पाइप लाइनहरू नै फेर्नु पर्ने भएको छ ,यसका लागि आवश्यक पर्ने रकम व्यवस्थापन गर्न स्थानीय सरकारले सक्दैन । त्यसकारण पनि अन्य निकायले सहयोग गर्नुपर्छ ।

पालिका रहेको खानेपानी आयोजना बन्द हुनुको साथै आयोजनाले विजुलीको बील तिर्न नसकेर विद्युतबाट लगत कट्टा गरी विजुलीको लाइन काटिएको छ ।

Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page