

कृष्णसार अनलाइन । बर्दिया बार एशोसिएसनको अध्यक्ष पदमा खडानन्द तिवारी निर्वाचित हुनु भएको छ । बार एशोसिएसनको अध्यक्ष पदमा लागि भएको निर्वाचनमा निकटतम प्रतिस्पर्धी केशव जिसीलाई पछि पार्दै तिवारी निर्वाचित हुनु भएको हो ।

बार एशोसिएसनको कार्यालयमा माघ १२ गते निर्वाचन भएको थियो । निर्वाचनमा तिवारीले ४८ मत र जिसीले ३६ मत प्राप्त गर्नु भएको छ । सचिव पदमा देवेन्द्र सिग्देल निर्वाचित हुनु भएको छ । सिग्देलले ४४ मत र रमेश चौधरीले ४० मत प्राप्त गर्नु भएको छ । भने कोषाध्यक्ष पदमा गोपाल पोख्रेल निर्वाचित हुनु भएको छ । पोख्रेलले ४५ मत र यमलाल भाटले ३७ मत प्राप्त गर्नु भएको निर्वाचन अधिकृत ओम प्रकाश शर्माले बताउनु भयो ।
सदस्य पद लागि विश्वराज श्रेष्ठ ४८, धर्मराज घर्ती ४८, गोपाल रेग्मी ५१ , राजेन्द्रकुमार यादव ४०, ठग्गाराम थारू ४५ , मेवालाल चौधरी ४६, कमलप्रसाद गुप्ता ४३ , रविन्द्रनाथ चौधरी४८, देविराम भण्डारी ५३ मत प्राप्त गरी विजय हुनु भएको निर्वाचन अधिकृत शर्माले जानकारी दिनुभयो ।
पार्षद् सदस्यमा श्याम बहादुर थापा, सञ्जीव कुमार कर्ण, लक्ष्मी नेपाल, र देविदत्त देवकोटा सर्वसम्मत निर्वाचित हुनु भएको छ ।