Krishnasar_Dubble Ad
Barista_Training

सरकार र कर्मचारी विच समन्वय हुनु जरुरी :मन्त्री चौधरी

Geruwa GIF

कृष्णसार अनलाईन । लुम्बनी प्रदेशकी उजा जलस्रोत तथा सिचाई मन्त्री सिता शर्मा चौधरीले सिचाई सरकार र कर्मचारी विच एक आपसको समन्वयमा गरेर जानु पर्ने बताउनु भयो । सरकारले गरेका निर्णयहरुलाई जनता सामु पुर्याउने महत्वपूर्ण जिम्मेवारी कर्मचारीको रहने बताउँदै सरकारलाई सफल बनाउने कर्मचारी नै भएको बताउनु भयो ।

नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति बर्दियाको ११ औँ जिल्ला अधिवेशन बर्दियाको गुलरियामा उद्घाटन गर्र्दै मन्त्री चौधरीले सो कुरा बताउनु भएको हो । कर्मचारीलाई कसरी संगठित गराउने सरकारलाई कसरी सफल गराउने भन्ने कृुरामा केन्द्रित हुन जरुरी रहेको उहाँले बताउनु भयो । उहाँले सरकारी सेवा रहेका कर्मचारीहरुले नै सरकारको आलोचना गर्ने, सरकारले यो गरेन त्यो गरेन भनेर आरोप लगाउने गरेको बताउनु भयो ।

Basgadhi PSA_final

कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य एवं बर्दिया इन्चार्ज लक्ष्मण ज्ञावली अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्दै संगठनलाई सुदृढ र व्यवस्थीत बनाउनका लागि अधिवेशनले महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो ।
नेकपा एमाले बर्दियाका अध्यक्ष शालिकराम अधिकारीले संगठनलाई बलियो बनाउँदै कर्मचारीहरुको हक हितको लागि लड्न संगठन कुनैपनि अवस्थामा पछि पर्न नहुने बताउनु भयो ।
निजामती कर्मचारी संगठन केन्द्रिय कार्यसमितिका उपमहासचिव रामचन्द्र अधिकारीले अरु कर्मचारीहरु संगठन भन्दा निजामती कर्मचारी संगठन फरक भएको बताउँदै आफ्नो कामलाई गुणस्तरीय र चुस्त दुरुस्त बनाउन सबै कर्मचारीलाई आग्रह गर्नु भयो ।

अधिवेशनको बन्दशत्रले नयाँ जिल्ला कार्यसमिति गठन गर्ने छ ।

Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page