

अमरराज लम्साल, गुलरिया । बर्दियाको मधुवन नगरपालिका –७ ताराताल गंगाबस्तीमा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । चितुवाको आक्रमणबाट ५१ वर्षीया जुनाकुमारी लामिछानेको मृत्यु भएको हो ।
आफ्नो खेतमा तोरी काटिरहेको अवस्थामा चितुवाले आक्रमण गरेको वडा –७ का वडा अध्यक्ष राजेन्द्र हमालले बताउनु भयो ।

चितुवाले आक्रमण गर्दा लामिछानेको घाँटीमा चोट लागेको थियो । तत्काल उद्धार गरी थप उपचारका लागि बर्दिया अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक ऋषिराम घर्तिमगरले बताउनु भयो ।
बर्दिया अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट सुभाष पाण्डेयले चितुवाको आक्रमणबाट घाइते हुनु भएको लामिछानेको शरीरबाट अत्याधिक रक्तश्राव भएको बताउनु भयो । ‘ अस्पतालका ल्याउने क्रममा नै लामिछानेको मृत्यु भएको थियो ।’उहाँले भन्नुभयो । ।
चितुवाले आक्रमण गरेको स्थानदेखि करिब ५० मिटरको दूरीमा कर्तनियाघाट वन्यजन्तु आरक्षणको जङ्गल रहेको छ ।