

कृष्णसार अनलाइन । माओवादी केन्द्रले जितेको राजापुर नगरपालिका जनयुद्ध दिवस मनाउन भन्दै सार्वजनिक बिदा दिएको छ । पालिकाले जनयुद्ध दिवस मनाउनका लागि सूचना जारी गर्दै सार्वजनिक बिदाका दिएको हो ।

बर्दियामा रहेका अन्य पालिकाको काम भने नियमित हुने भएको छ । भने जनयुद्ध दिवसको विषयमा नै स्थानीय तहमा मतभेद रहेको पाइएको छ । राजापुर बाहेक अन्य पालिका भने यो दिवस मनाउनका बिदा दिइएको छैन् । राजापुरले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिएर सर्वोच्च अदालतको फैसला कार्यान्वयन गरेको छैन् ।
बढैयाताल गाउँपालिका प्रमुखमा माओवादी केन्द्र तथा उपप्रमुख एमाले जितेको थियो । बाँसगढी नगरपालिकामा प्रमुख तथा उपप्रमुख नेकपा एमाले जितेको थियो । , बारबर्दियामा नगरपालिकामा प्रमुख तथा उपप्रमुख नेपाली काँग्रेसले जितेको थियो । ठाकुरबाबा नगरपालिकामा प्रमुख नेपाली काँग्रेस र उपप्रमुख एमालेले जितेको थियो । गुलरिया नगरपालिका प्रमुख तथा उपप्रमुखमा काँग्रेसले जितको थियो । गेरुवा गाउँपालिकामा प्रमुख तथा उपप्रमुखमा काँग्रेसले जितको थियो । मधुवन नगरपालिका प्रमुख तथा उपप्रमुखमा काँग्रेसले जितको थियो ।
प्रचण्ड प्रधानमन्त्री भएको बेला सरकारले २०७९ फागुन १ देखि प्रत्येक वर्ष जनयुद्ध दिवस मनाउन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर, २०८० देखि नै उक्त निर्णय कार्यान्वयनमा भने सर्वोच्च अदालतमा परेको एक रिटको सुनुवाइ गर्दै अदालतले फागुन १ मा सार्वजनिक बिदा दिने निर्णय खारेज गरिदिएको थियो ।