bardiyahospital

खराब काे ?

कबिता

Geruwa GIF

-दयाराम खड्का

भाग १

cld

मध्य शरद ऋतु

अलि अलि मधुरो घाम

खेतका फाटमा लहलहाएको सुन

आकाशमा घाम र वादलकाे लुकामारी

यताउता भतारिएका लक्ष्यहीन यात्रुहरू

किसान पसिनाका थाेपा बटुल्दै खेतमा

जोरजाममा चाउरिएका आशाहरू

 

एउटा यात्रु

लामो यात्रामा कहिले निराशाहरू

कहिले केही आशाहरू जाेहाे गर्दै

रुमल्लिदै ट्रक साहित्यका परिभाषामा

सम्हाल्दै छिप्पिएका शरिरकाे

दुखाई, भोक र थकान

मिलाउदै आँखाका माेटाे आई ग्लास

आकलन गर्दैछु

एउटा सुदूर गन्तव्यको

अपरिभाषित बाटाे

थकित खुट्टाहरू

धरमराउदाे दृष्टि

एकलिदाे मन र सङ्गति

 

खै कसरी सम्हालिन्छन् ?

त्यै कुराको खोजी

तर किन पटक पटक अपरिभाषित ?

खोजी त सुन्दर सपनाको थियो

सुनौला संसारको थियो

किन लुके हाम्रा आदर्श भित्र व्यक्तिगत सोच ?

पद्धति खराब कि प्रवृत्ति ?

online dubble sclaed
Leave A Reply

Your email address will not be published.