

प्रकाश पौडेल, गुलरिया । घाँटी रेटी हत्या भएको २० वर्ष पछि हत्याका आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।हत्याको आरोपमा कावासोती नगरपालिका नवलपरासीका ७८ वर्षीय कुंभ नारायण महतो र ४५ वर्षीय रामनारायण महतोलाई प्रहरीले पक्राउ गरेको हो ।

साबिक मानपुर टपरा गाबिस –७ सडवा गाँउमा २० वर्ष अघि २०६० साल जेठ १५ गते २८ वर्षीय बाधुराम थारूको हत्या भएको थियो । आफ्नै औषधी पसलबाट अन्दाजी ५००/६०० मिटर टाढा लगि घाँटी रेटी हत्या भन्दै छिमानन्द थारूले २०६० जेठ १८ गते जाहेरी दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
हत्या भएका राजापुर नगरपालिका – ८ का बाधुराम थारूलाई हत्या भएको भन्दै परिवारले प्रहरीमा जाहेरी दिएका थिए । परिवारले दिएको जाहेरीको आधारमा कर्तव्य ज्यान मुद्दामा फरार रहेका प्रतिवादीहरू प्रहरीले २०८१ माघ २६ गते पहिचान गरी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दिया प्रहरी नायब उपरीक्षक ऋषिराम घर्तीमगरले जानकारी दिनुभयो । उहाँले बर्दिया जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गर्न अनुमति लिई पक्राउ गरेको बताउनु भयो । र भन्नुभयो,‘ अदालतबाट माघ २७ गते ५ दिनको म्याद थप गरी आरोपितलाई हिरासतमा राखी अनुसन्धान भइरहेको छ ।’