Krishnasar_Dubble Ad
Barista_Training

कोठाभित्र महिलाको शव फेला, हत्या भएको आशका 

Geruwa GIF
Basgadhi PSA_final

प्रकाश पौडेल, गुलरिया । बर्दियामा एक महिला आफ्नो कोठाभित्र मृत अवस्थामा फेला परेको पाइएको छ  । ठाकुरबाबा नगरपालिका –१ भुरिगाउँकी ५१ वर्षीया राधा बोहरा मृत अवस्थामा फेला परेको पाइएको हो । 

घरमा बाहिरबाट ताला लागेको अवस्थामा मृतकको शव फेला परेको थियो । मृतकको छोरी अमेरिका बस्दै आएकी थिएन । भने मृतक घरमा एक्लै बस्दै आएकी थिइन । सामान्य व्यापार व्यवसाय गरी जीवनयापन गरी रहेकी  बोहराको शव घरभित्र रहेको र घर बाहिर ताला लागेको हुँदा  हत्या भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक ऋषिराम घर्तिमगरले बताउनु भयो  । मृतक बोहराको शवलाई बर्दिया जिल्ला अस्पतालमा राखिएको र घटनाको बारेमा  खोजतलास भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।  

Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page