

प्रकाश पौडेल । बर्दियामा एकदिने बेवारिसे शिशु फेला परेको छ । बारबर्दिया नगरपालिका – २ कुमरा गाउँको नजिकको बासको बोटमुनी एकदिनको बेवारिसे शिशु फेला हो ।

बानियाभार स्वास्थ्य चौकीका प्रमुख मधु पौडेलले बच्चालाई स्वास्थ्य चौकीका कर्मचारीले सालनाल काटेपछि बर्दिया अस्पताल गुलरिया ल्याइएको बच्चालाई थप उपचारको लागि तत्काल ल्याइएको बताउनु भयो ।
बर्दिया अस्पतालका बालरोग बिषेशज्ञ डाक्टर बिश्वनाथ शाहले बालक ३ किलो २ सय ग्रामको रहेको र बच्चाको स्वास्थ्यमा समस्या रहेको बताउनु भयो ।