

कृष्णसार अनलाइन । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको नगर अध्यक्षमा ज्ञवाली निर्वाचित हुनु भएको छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको तेस्रो अधिवेशनबाट नगर अध्यक्षमा सुशिल ज्ञवाली सर्वसम्मत निर्वाचित हुनु भएको हो ।

शनिबार गुलरियामा रहेको बगलामुखी राधाकृष्ण थारू माध्यामिक विद्यालयमा गुलरियाको नगर अधिवेशनले भएको थियो । अधिवेशनले उपाध्यक्ष पदमा सावित्री आचार्य तथा गोबिन्द्रराज रेग्मी सचिव पदमा इश्वरीप्रसाद पौडेल , उपसचिव पदमा उमा रावल , कोषाध्यक्ष पदमा हिमनाथ योगी सह कोषाध्यक्षमा सृजना भुसाल सर्वसम्मतले निर्वाचित भएको निर्वाचन सर्वसम्मत निर्वाचित भएको सङ्गठनको जिल्ला अध्यक्ष भक्तिसागर रेग्मीले बताउनु भयो ।
त्यसैगरी सदस्यमा अर्जुन भुसाल, शिवहरि ज्ञवाली, सोमबहादुर थापा, भूमिसरा कुमाल निर्वाचित हुनु भएको छ ।