


कृष्णसार अनलाइन । रङ्ग लगा देउ पियाको म्युजिक भिडियो सार्वजनिक भएको छ । थारू भाषाको रङ्ग लगा देउ पियाको बोलको गीतको म्युजिक भिडियो फागुन २३ गते सार्वजनिक भएको हो ।
होली पर्वको पूर्वसन्ध्यामा सार्वजनिक गर्न लागिएको म्युजिक भिडियो मायालुलाई रङ्ग लगाउन आह्वान गरिएको छ । माया प्रेममा रङ्गसँग जोडेर तयार गरिएको गीतमा अन्जु कुस्मी तथा गणेश चौधरीको स्वर रहेको छ । गीतमा सुवेश कठरियाको शब्द रहेको छ । भने म्युजिक भिडियोमा वीर चौधरी, भावना चौधरी र दिव्या चौधरीको अभिनय रहने छ ।