

कृष्णसार अनलाइन । काठमाडौंको शंकरापुर नगरपालिका –६ साँखुको सलम्बुटारमा टिपर अनियन्त्रित भएर जस्ताको टहरामा छिर्दा तीन जनाको मृत्यु भएको छ ।

द्वन्द्व पीडित तथा अपाङ्ग समाज संस्थाले बनाएको टहरामा शुक्रबार बिहान ३ः४० बजे बा २ क ६५८० टिपर छिर्दा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । १० जना सुतिरहेको जस्ताको टहरामा अनियन्त्रित भएको टिपर छिरेको थियो । भने टिपरको ठक्करबाट २१ वर्षीय आकाश, २१ वर्षकै सुमन र अन्दाजी ४५ को हरिजन गम्भीर घाइते भएका थिए र घटना लगतै प्रहरीले उद्धार गरी नेपाल मेडिकल कलेज अत्तरखेल पठाइएका तीनै जनालाई ४ः३३ बजे अस्पतालले मृत घोषणा गरेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिनुभयो ।
टिपर चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नं. १२ का २५ वर्षीय सागर माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । छन् घटनाबारे थप अनुसन्धान भइरहेको एसपी बोहराले बताउनु भयो ।