Division forest_Ads
Barista_Training

संक्रमणकालीन न्यायका लागि सामुदायक संवाद

Geruwa GIF

प्रकाश पाैडेल

गुलरिया ।

Basgadhi PSA_final

बर्दिया जिल्लाका द्वन्द्वपीडित परिवारहरुले संक्रमणकालीन न्याय स्थापित गर्ने उद्देश्यले सामुदायिक संवाद सुरु गरेका छन् । स्थानीय निर्वाचन नजिकिदै गरेको समयमा पीडितहरुले स्थानीय सरकार प्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिहरु बीच संवाद सुरु गरेका हुन् ।


गत मंगलबार र बुधबार गुलरिया, कालिनगर र बढैयातालको मैनापोखरमा सामुदायिक संवाद सम्पन्न भएको छ । पीडितहरुले पीडित परिवारका लागि आर्थिक, शैक्षिक तथा स्वास्थ्य पुनःस्थापना गर्नुपर्ने द्वन्द्वपीडित समितिका अध्यक्ष एवं जिल्ला संजालका संयोजक भागिराम चौधरीले बताउनु भयो । द्वन्द्वपीडित मंगती थारुले शहीद वेपत्ता परिवारका दक्ष सन्तानलााई रोजगारीका लागि आरक्षण कोटा दिनुपर्ने बताइन् । पीडित सुदानी थारुले स्वास्थ्य विमा स्थानीय सरकारले गरिदिनु पर्ने माग गरिन् । द्वन्द्वपीडित उषा थापाले छोराछोरीको पढाइ खर्च मात्र व्यवस्था गरिदिए पनि धेरै राहत हुने बताउनु भयो । घाइते सीता चौधरीले निरन्तर स्वास्थ्य सुविधा गर्नुपर्ने अनुरोध गर्नुभयो ।


राजनीतिक दलका प्रतिनिधिहरुले पीडितहरुको पिडा काम गर्न नीतिगत व्यवस्थागर्न पहल गर्ने बताए । द्धन्द्धपीडित इन्द्र बहादुर पुनमगरले यस्ता कार्यक्रम पीडितहरुको घरआँगनमा गएर गरिनु पर्ने बताउनु भयो । महिला, कानून र विकास मंचको समन्वयमा सम्पन्न उक्त संवादमा संस्थाको संयोजक सुशील चौधरीले पीडित परिवारको अधिकारका लागि निरन्तर समन्वय र सहकार्य गर्ने बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.