

कृष्णसार अनलाइन । बर्दियामा १९ वर्षीया महिलालाई जबरजस्ती करणी उद्योगको गरेको कसुरमा जिल्ला अदालतले भारत उत्तर प्रदेश श्रावस्तीका ४३ वर्षीय नेतराम कश्यवलाई ३ वर्ष ७ महिना कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ फागनु २२ गतेको इजलासले कसुर ठहर गर्दै ३ वर्ष ७ महिना कैद सजाय, एक लाख ५० हजार रुपियाँ जरिवानाको फैसला गरेको जिल्ला अदालतका शाखा अधिकृत एवम् सूचना अधिकारी अमृता केसीले जानकारी दिनुभयो ।
महिलालाई ०८० चैत्र ३० गते जबरजस्ती करणी उद्योगको गरेको भन्दै पीडित पक्षले बैशाख १ गते इलाका प्रहरी कार्यालय, बगनाहामा उजुरी दिएको थियो । प्रहरीले आरोपितलाई बैशाख १ गते गिरफ्तार गरेको थियो ।