

प्रकाश पौडेल, गुलरिया । लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरेका बाँसगढी नगरपालिका – ५ का ३४ वर्षीय धनीराम थारूको लागूऔषघको कसुरमा ३ महिना कैद र २० हजार जरिवाना सजाय भएको छ ।

बर्दिया जिल्ला अदालतका न्यायाधीश मनोज श्रेष्ठको इजलासको बिहिबारको इजलासले कसुर ठहर गर्दै ४ महिना कैद सजायको फैसला भएको बर्दिया जिल्ला अदालतकी शाखा अधिकृत अमृता केसीले बताउनु भयो ।
प्रहरी थारूलाई पुष २४ गते बढैयाताल–२ फटाहाबाट बलैगाउँ जाने क्रममा पक्राउ गरेको थियो । थारूको साथमा प्लाष्टिकको सहित ५६० मिलिग्राम र शुद्ध २६० मिलिग्राम ब्राउन सुगर सहित फेला पारेको थियो । भने प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय मार्फत लागूऔषधको अभियोगमा फागुन ९ गते मुद्दा दर्ता गरेको थियो ।