

कृष्णसार अनलाइन । नेपाल विद्युत प्राधिकरण गुलरिया वितरण केन्द्रले समयमा महशुल नतिर्ने ग्राहकलाई कालोसूचीमा राखेर कारवाही गर्न थालेको छ । वितरण केन्द्रले तोकिएको समयमा महशुल नतिर्ने ग्राहकलाई कालोसूचीमा राखेर धमाधम कारवाही थालेको हो ।

समयमा महशुल नतिर्ने ग्राहकको पहिचान गरी वितरण केन्द्रले कालोसूचीमा राखेर कारवाही बढाउन थालेको हो । कालोसूचीमा परेर लाइन काटिएका ग्राहकबाट महशुल भुक्तानी भएपछि नयाँ प्रकृयाबाट मात्र लाइन जडान हुने गरेको छ ।
चालु आर्थिक २०८१÷८२ वर्षको माघ मसान्तमा २६ ग्राहकबाट २ लाख ३१ हजार ९ सय ८४ जना रुपैयाँ, आर्थिक २०८०÷८१ वर्षमा ३१ ग्राहकबाट ४ लाख ५३ हजार २ सय ३७ रुपैयाँ महशुल सङ्कलन गरेको छ । भने आर्थिक २०७९÷८० मा ३० ग्राहकबाट ४ लाख ६९ हजार २६ रुपैयाँ र आर्थिक २०७८÷०७९ मा ५ ग्राहकलाई कालोसूचीमा राखेर ३ लाख २१२ हजार ३ सय १२ रुपैयाँ महशुल सङ्कलन गरिएको मिटर रिङ्गिग फाँट प्रमुख राजेश मण्डलले बताउनु भयो ।
गुलरिया वितरण केन्द्रका प्रमुख नारायण अर्यालले समयमा महशुल तिर्न नआएमा विद्युतको लाइन काट्ने गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘बिजुलीको लाइन काटेपछि पनि ६ महिनासम्म महशुल तिर्न नआएमा महशुल तिर्न नआउने ग्राहकलाई कालोसूचीमा राख्ने गरिन्छ । कालोसूचीमा परेका ग्राहकको मिटर समेत झिकेर ल्याउने गरिन्छ ।’