

कृष्णसार अनलाइन । चर्चित गायक सुनिल गिरीले नयाँ गीत ‘ए कान्छी’ ल्याएका छन् । गिरीले आफ्नै शब्द तथा स्वर रहेको ‘ए कान्छी’ गीत बजारमा ल्याएका छन् ।

गाउँमा कान्छा रसाइली बीच भएको प्रेमको विषयमा चर्चा चलेपछि विवाह लागि प्रस्ताव गर्दै कान्छोले माइलीलाई घरमा लैजाने कुरा गरेका छन् । विवाहपछि माइलीलाई घरका सबैले कान्छी भन्ने छन्, भन्दै गीतमा देखाउन खोजिएको छ । गीत माया प्रेममा केन्द्रित रहेको छ । गीतमा भुइँचालो केन्द्र बिन्दु रहेको लाप्राकको गाउँको सुन्दर दृष्य समेत देखाइएको छ ।
गीतमा हिमाल घर्तीमगरको संगित रहेको छ । गीतमा सुनिल गिरीले र समृता गुरुङ अभिनय रहेको छ । भिडियोमा छायाङ्कन गोर्खाको लाप्राकमा गरिएको छ । गिरीले ‘ए कान्छी’ गीत ‘सुनिल गिरी’ युट्युब च्यानलमा शुक्रबार रिलिज गरिएको छ ।