


बर्दिवास । गायक रुद्रसेन विश्वकर्माले महान पर्व होलीको अवसर पारेर आफ्नो नयाँ गीत ‘ होली सररर ‘ यही फागुन २२ गते सार्वजनिक गरेका छन् । रुद्रसेन क्रिएशनको प्रस्तुति रहेको उक्त गीत विश्वकर्माको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।
पछिल्लो होली गीतमा रुद्रसेनले चर्चित गायिका समीक्षा अधिकारीसँगको आवाजमा रहेको छ । । गीतमा सङ्गीत तथा शब्द पनि रुद्रसेनकै रहेको छ । गीतलाई योगेश काजीले एरेञ्ज गरेका छ गरेका छन् भने गीतको निर्माताको रुपमा नीर कुमारी विश्वकर्मा ( सविना ) रहनु भएको छ ।
गीतको भिडियोमा चर्चित कलाकारहरू आर्यन सिग्देल, बिना राउत र रुद्रसेन विश्वकर्मा लगायतको आकर्षक अभिनय रहेको छ । भिडियोको छायाङ्कन ओम प्रसाईँले गरेका छन् भने सम्पादन तथा रङ संयोजन अमृत चापागाईंले गरेका छन् । गीतमा नृत्य निर्देशनको पाटो भने प्रदीप कुमार रसाइली रहनु भएको छ ।
गीतको रेकर्डिङ तथा मिक्स- मास्टरीङ मनोज परियारले गरेका हुन भने गीतको रेकर्ड आफ्नो मन स्टुडियोमा गरिएको हो । होली पर्वलाई लक्षित गर्दै तयार पारिएको यो गीतले नेपाली दर्शक तथा श्रोतामाझ विशेष प्रभाव पार्ने अपेक्षा गरिएको छ । ओमकार टेलिभिजनको ‘पञ्चामृत’ कार्यक्रममा बोल्दै गायक रुद्रसेन भन्छन्, “नायक आर्यन सिग्देलले अभिनय गरेको पहिलो होली गीत अनि आर्यन र बिनाको जोडीको बबाल डान्स त्यस्तै तराईको सबैलाई मनपर्ने महान पर्व होलीसम्बन्धी गीत भएकोले मलाई थाहा छ गीतले सम्पूर्ण नेपालीहरूको मन जित्नेछ ।” त्यस्तै यस पटकको होली आफ्नो नयाँ गीत ‘होली सररर ‘ मा नाच्दै झुम्दै मनाउन गायकले आग्रह पनि गरेका छन् ।
उक्त गीतलाई रुद्रसेन क्रिएसन प्रा.लि.को आधिकारिक युट्युब च्यानलबाट रिलिज गरिएको छ । गीतले छोटो समयमै दर्शक तथा श्रोताहरूको राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ । गीत युट्युब लगायत स्पोटिफाइ, एप्पल म्युजिक लगायतका डिजिटल प्लेटफर्महरूमा पनि उपलब्ध छ ।