bardiyahospital

जुवा खेलीरहेका ६ जना पक्राउ

Geruwa GIF

यज्ञप्रसाद सापकोटा
बर्दिया ।
बर्दियाको मधुवनबाट जुवा खेलेको आरोपमा ६ जना पक्राउ परेका छन् । मुधवन नगरपालिका –९ बेलटाँरी गाउँमा जुवा खेलीरहेको भन्ने विषेश सुचनाको आधारमा खानतलासी गर्दा नगद ४८ हजार दुई सय ८५ रुपैयाँ सहित ६ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मधुवन नगरपालिका –९ बेलटाँरी गाउँमा रहेको विनोद चौधरीको कुखुराको खोरमा जुवा खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा मधुवन नगरपालिका –९ बस्ने २९ बर्षिय बिनोद चौधरी, २३ बर्षिय राजेश चौधरी,२८ बर्षिय प्रकाश चौधरी, ३१ बर्षिय मानबहादुर चोधरी, २८ बर्षिय हिमाल चौधरी र २९ बर्षिय दिलिप तामाङ्ग रहेका छन् ।

cld

उनीहरुलाई जिल्ला प्रशासन कार्यालय बर्दियाबाट जवा सम्बन्धी कसुरमा ७ दिन म्याद थप गरी अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरीकार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले बताए ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.