

प्रकाश पौडेल, गुलरिया । नेपालमा पहिलो पटक राष्ट्रिय खो खो लिगको प्रतियोगिता हुने भएको छ । बर्दियाको ठाकुरबाबा नगरपालिका –२ रानिपुरमा रहेको खो खोको कवड हलमा राष्ट्रिय खो खो लिग प्रतियोगिता हुने भएको छ ।

पालिकामा नेपालकै पहिलो खो खो कवल हल रहेको छ । बर्दियामा सबैभन्दा बढी खो खो खेलका खेलाडी रहेको तथा अन्तराष्ट्रिय तथा राष्ट्रिय खेलमा समेत सहभागी हुने पालिका भनेर ठाकुरबाबा चिनिने गरेको छ । बर्दियामा नै पहिलो पटक नेपाल खो खो सङ्घको आयोजना , लुम्बिनी प्रदेश खो खो सङ्घ व्यवस्थापक र ठाकुरबाबा नगरपालिका मुख्य प्रवद्र्धक रहने गरी चैत २३ देखि ३० गतेसम्म खो खो प्रतियोगिता हुन लागेको हो ।
शनिबार गुलरियामा भएको पत्रकार सम्मेलनमा खो खो सङ्घमा केन्द्रिय उपाध्यक्ष छत्रबहादुर शाहीले प्रतियोगितामा ६ टिम सहभागी हुने बताउनु भयो । उहाँले भन्नभयो , ‘खो खो लिगको प्रतियोगिता लागि अहिलेसम्म प्रचारप्रसार काम, र टिम दर्ताको भइरहेको छ । भने कवड हलको मर्मतको काम समेत भइरहेको छ । खेलमा सहभागी हुनेका लागि खेलाडीलाई फागुन २८ गतेसम्म खो खो खेलका लागि नाम दर्ता समय दिइएको छ । ’
प्रतियोगितामा एक टिममा एक प्रशिक्षक र एक व्यवस्थापक रहने व्यवस्था रहेको आयोजकले जनाएको छ । भने प्रतियोगितामा एक टिममा १ जना अन्तर्राष्ट्रिय खेलमा भाग लिएको खेलाडी , २ जना राष्ट्रिय खेलमा भाग लिएको खेलाडी ,३ जना प्रदेश स्तरीय खेलमा भाग लिएको खेलाडी र ६ जिल्ला स्तरीय खेलमा भाग लिएको खेलाडी खेलमा पुरुष सहभागी हुने छन् । महिलातर्फ प्रदर्शन खेल हुने छ ।