bardiyahospital

त्रिवि परीक्षा नियन्त्रण कार्यालयमा बेथिति, कहिले हुन्छ सुधार

Geruwa GIF

-जगत वाशिष्ट 

महेन्द्ररत्न क्याम्पस ताहाचलका स्ववियु अध्यक्ष ईश्रर थापा र मैले शुक्रबार त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार प्राध्यापक डाक्टर केदार रिजाललाई फोन गर्दा हामी दुबै जनाको फोन उठेन । कारण शुक्रबार धेरै विद्यार्थीले परीक्षा फारम भर्न पाएनन् कारण बैँक १२  बजे बन्द हुने भएकाले पहल त मैले पनि गरे तर आधिकारिक विद्यार्थीको पैरवी गर्ने संस्था स्ववियुका अध्यक्षले भन्दा ठिक होला भन्दा उहाँको पनि फोन उठेन । सिनेटर विष्णु ढुङ्गेललाई जानकारी गराइयो   परीक्षा नियन्त्रक पुष्पराज जोशी यति गैरजिम्मेवारी प्रर्दशनी गर्नुहुन्छ अति इमर्जेन्सी फोन पनि उठाउनु हुँदैन ।भर्खर नियुक्त भएर आउनु भएका कलौनी सह परीक्षा नियन्त्रकलाई सबै जानकारी गराइएको छ ।

cld

सबै सत्ताको लबेदो समातेर त्यहाँको पदाधिकारी हुने व्यवस्था छ कताको लबेदोका को को हुन् यिनको नशा कता जोडिएको छ । ऐना झैँ छर्लङ्ग देखिन्छ । यो विषयमा भने पटक पटक कामको सहजीकरण लागि निवर्तमान सह परीक्षा नियन्त्रक घनश्याम ठाकुरलाई काममा कुरा पारे पुग्थ्यो उहाँले तत्काल निर्णय गरिदिनुहुन्थ्यो ।अहिलेका नौला सह परीक्षा नियन्त्रकलाई पहिला त यहाँका कर्मचारीले फनफनी घुमाउँछन् ।

त्रिविको कर्मचारीको बेथिति भने आँखाले हेरि नसक्नुको छ केही नहोलान् ।कारण निजामतीको जस्तो सरुवा नहुने भएकाले जहाँ जागिर खायो त्यहीबाट निवृत्त हुने भएपछि कसको भनेको टेर्नु पर्छ र?  त्यहाँ काम गर्ने कर्मचारी उपकुलपति भन्दा आफूलाई ठूलो ठान्छन् ।
फाँटमा कोही भेटिदैनन् घाम तापिरहेका र एक आपसमा झुम्मिएर कार्यालय समयमा गफ गरिरहेका हुन्छन् ती सबैको अनुहार जानकारी छ खाली नाम मात्रै सार्वजनिक नगरौँ भनेर हो ।

विद्यार्थीको कामलाई  दिन एक महिना लाग्ने काम त्यहाँका कर्मचारी र विद्यार्थी सङ्गठनका नेताको काम उतिखेरै हुन्छ ।त्यहाँका कर्मचारी पनि आफन्तका कामलाई लाजै नमानी विद्यार्थीसँगसँगै लागेर रसिद काटिरहेका हुन्छन् ।कहिले पालेबाट यस्तो काम गराउँछन् ।मलाई पनिका बल्खुका अधिकांशले अर्काको काम गर्ने भन्छन् हो म अर्काकै काम गर्छु ।म दलाल भएर हैन विद्यार्थीका समस्या कैलालीको, जुम्लाको, दार्चुलाको मान्छे आउँन सक्दैन तपाईं त्यहाँ हुनुहुनेछ यति बनाईदिनुन भन्छन्  ।

काठमाडौंमै भएकाले गरिदिउँत भनेर गरिदिन्छु  । मैले के विराएँ त विद्यार्थीको सेवा गरेर ।त्यहि सेवा गर्ने क्रममा त त्रिविको पाईला पाईला सोपान सोपानको बेथितिको जानकार भैयो । ।अन्तमा आजको बिहानै परिक्षाका संयोजक प्राडा केदार रिजाललाई ध्यानाकर्षण भएर नियमित  दस्तुरमा नियमित परिक्षाको १५ दिन र मौकाको कम्तीमा फेरि एक महिना परीक्षा फारमको म्याद थप गरि विद्यार्थीलाई सहजिकरण गर्नुहुँनेछ भन्ने लागेको छ ।

यसलाई पैरवी गर्न केन्द्रीय अध्यक्ष तथा सिनेटर श्यामराओझा ,सिनेटर  नेपाल ल क्षाम्पसकाअध्यक्ष विष्णु ढुङ्गेल र महेन्द्र रत्नकाअध्यक्ष तथा त्रिवि कल्याण परिषदका सदस्य ईश्वर कुमार थापा र विभिन्न क्याम्पसका प्रमुख विद्यार्थी का अध्यक्षलाई ध्यानाकर्षण गरियो ।यो ध्यानाकर्षण विभिन्न विद्यार्थी सङ्गठनका प्रमुखको सुनुवाइ भएर आज म्याद थपिएछ भने स्ववियु र सिनेटरहरु र विद्यार्थीको सङणगठनले विद्यार्थीका हकहितको पैरवी गर्ने गर्दछ भन्ने  विश्वास र विद्यार्थीको समस्यालाई पैरवी गर्ने गर्दछन् भन्ने पुष्टि हुँनेछ ।

हेल्लो त्रिविका उपकुलपति बरालज्यू हिजो फागुन २३ गते मलाई मेरी बहिनीको स्नातकोत्तर तहको मौका परीक्षाका फारम भर्नुपर्ने थियो । हिजो नै अन्तिम मितिको हुकार परीक्षा नियन्त्रक जोशीले दिएका थिए । म फारम भर्न शिक्षा शास्त्रको केन्द्रीय विभाग जाँदा त्यहाँ व्यवस्था गरिएको नेपाल बैँकको एक्सटेन्सन काउण्टरको गेटमा यसरी ताला लगाएर बाहिरबाट मात्रै होइन भित्रबाट काम सकेको व्यक्ति पनि निस्किन नपाउने गरि भोटे ताल्चा लगाइएको थियो । के हामीले यही तपाईंको कामरेडली लालसलाम र जय नेपालको  बर्को ओढ्न मात्रै कफन बाँधेर रगत बगाएका हौँ । एक पटक आफै निरीक्षणमा उत्रनुस् बिना गार्ड हामी जस्तै नागरिक भएर ।

त्रिविका सेवा पाँच बजेसम्म दिइन्छ भने त्रिविका क्याम्पस र पनिका बल्खुमा भएका एकेसेन्टन काउन्टर कार्यालय चल्दासम्म चलाउने व्यवस्था गरियोस् । बैकले समय सकियो भनेर भौचर समेत नदिएर आतङ्क मच्चाएका छन् । बल्खुको काउन्टर मात्रै होइन उपत्यका र देशभरीका शाखाको भौचरलाई काम लाग्ने तरिकाले व्यवस्थापन गरौँ । उदाहरण आवश्यक  पर्ने भए आरआर, त्रिचन्द्र ,विश्वभाषा, शङ्करदेवकै भौचर वरिपरि भएका सबै काउण्टरमा उपलब्ध गरिएको छ ।त्यस्तै आवश्यक  सेवा र फारम अनलाइन बाट डाउनलोड गर्ने व्यवस्थापन गरौँ । उपत्यकामा भएका बैँकमा मात्रै रकम जम्मा गर्न पाइयो भने बल्खुको ९५ प्रतिशत भिड खाली हुन्छ ।

तपाईंलाई बाहिर ढोकामा बाउन्सर राखेर वातानुकूलित कोठामा तातो सुप खाँदै भित्र बैठक मिटिङ भेटघाटका नाममा बाहिर हेर्न नजर नपरेकाले तपाईं मातहतको रेक्टर कार्यालय, रजिस्ट्रार कार्यालय, विभिन्न सङ्कायका डीन कार्यालय, परीक्षा नियन्त्रण कार्यालयमा सेवाग्राहीलाई महसुस र देखिने गरि सेवा प्रवाहमा ध्यान दिनुहुनेछ र यस्तो तलको तस्बिरजस्तै बैँकको दादागिरीलाई कार्यालय समयसम्म चलाउने सहजिकरण गर्नुहुनेछ भन्ने अपेक्षा गर्दे कामरेडली लाल अभिवादन सहित बिदा भएँ ।

हामी सबको भलो होस् ।
भवतु सब्ब मङ्गलम् ।


 लेखक गोखापत्र राष्ट्रिय दैनिकमा आवद्ध हुनुहुन्छ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.