

कृष्णसार अनलाइन । प्रगतिशील लेखक सङ्घको तेस्रो लुम्बिनी प्रदेश अधिवेशनमा डा. मुरारी पराजुली अध्यक्षमा निर्वाचित हुनु भएको छ ।
दाङ जिल्ला स्थित लमहीको सहिद नेत्रलाल अभागी स्मृति प्रतिष्ठानमा भएको अधिवेशनबाट उपाध्यक्षमा क्रमशः गणेश शाह विष्ट र ध्रुव गिरी निर्वाचित हुनु भएको छ । त्यसैगरी सचिवमा गोविन्द खड्का, सहसचिवमा सुन्दर गुरुङ्, कोषाध्यक्षमा सीता ढुङ्गाना काफ्ले निर्वाचित हुनु भएको छ ।

सदस्यहरुमा गणेश घिमिरे, कृष्ण डाँगी, वसन्त पुनमगर, सन्तोष घिमिरे, सूर्यप्रसाद न्यौपाने, दया दर्लामी, टङ्कप्रसाद आचार्य, भरत रानाभाट , खोपिराम ओली , देवेन्द्र कुँवर , पुरण शर्मा, केशव बेल्बासे, टेकराज भुसाल निर्वाचित हुनु भएको छ ।
कार्यक्रममा केन्द्रीय अध्यक्ष मधुसुदन गिरी, प्राडा. कपिलदेव लामिछाने, केन्द्रीय सचिव दलबहादुर गुरुङ्, केन्द्रीय सल्लाहकार पदंप्रसाद शर्मा, केन्द्रीय सल्लाहकार मीना तिमिल्सिना रूपन्देही अध्यक्ष कृष्ण गाउँलेले शुभकामना दिनु भएको थियो । अधिवेशनले लुम्बिनी प्रदेशको अध्यक्ष पङ्कज कुमार श्रेष्ठले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष शशिराम कार्कीले प्रस्तुत गरेको लेखा प्रतिवेदन उपर छलफल र केही सुझावका साथ पारित गरेको थियो ।
प्रलेस लुम्बिनीका संस्थापक अध्यक्ष रहेका पद्मप्रसाद शर्मालाई प्रगतिवादी आन्दोलनमा लामो समय योगदान गरेकाले प्रदेश सम्मेलनमा शर्मालाई सम्मानपत्रले सम्मान गरिएको छ भने पूर्व अध्यक्ष केशव थापालाई समेत सम्मान गरिएको थियो । सम्मानित शर्माले आफूले प्रगतिवादी साहित्यमा गरेको लगानीले समाजमा सकारात्मक सदेश दिएको हुँदा आफू गरेको लगानीको खेर नगएको बताउनु भयो ।