

प्रकाश पौडेल, गुलरिया । सङ्कटा पन्न वन्यजन्तु र वनस्पतिको संरक्षणको अभियान जोडिनु भएको कुमार पौडेललाई फ्युचर फर नेचर अवार्ड २०२५ ले सम्मानित हुने हुनु भएको छ । सालकको संरक्षण एवं अनुसन्धानमा सक्रिय पौडेललाई फ्युचर फर नेचर अवार्ड २०२५ ले सम्मानित हुने हुनु भएको हो ।

नेदरल्यान्ड्सको फ्युचर फर नेचर फाउन्डेसनले पौडेल तथा एन्थोनी वाडल र थमेरी पिल्कोलाई पुरस्कार दिने घोषणा गरेको हो । पुरस्कार १६ मे मा नेदरल्याण्ड्समा दिइने भएको छ । भने पुरस्कारको राशि जनही ५० हजार युरो रहने छ ।
पौडेलले डेढ दशकदेखि सालक सहित सङ्कटा पन्न वन्यजन्तु र वनस्पतिको संरक्षणमा काम गर्दै आउनु भएको छ । भने पौडेल अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन)को सालक विशेषज्ञ समूह (एसिया)का उपाध्यक्ष समेत हुनुहुन्छ । पोखरा विश्वविद्यालयबाट वातावरण विज्ञानमा एमएस्सी र क्याम्ब्रिज विश्वविद्यालयबाट एमफिल गर्नु भएको छ ।