Krishnasar_Dubble Ad
Barista_Training

बिपन्न नागरिकका लागि १०२ ओटा घर निर्माण

Geruwa GIF

कृष्णसार अनलाइन। बर्दियाको ठाकुरबाबा नगरपालिकाले विपन्न परिवारको लागि एक सय दुई ओटा घर निर्माण गरिरहेको छ । हरेक वडामा अपाङ्गता भएका परिवार सहित ९ वटै वडामा विपन्न परिवारको लागि घर निर्माण गर्न लागिएको हो ।

Basgadhi PSA_final

ठाकुरबाबा नगरपालिकाले गरिब तथा विपन्न नागरिकलाई जिवन यापनमा सहज होस भनेर घर निर्माण गर्न लागेको हो । गर्मीमा चिसो, चिसोमा न्यानो हुने र बिजुली समेत कम खपत हुने घरहरू निर्माण गर्न लागिएको ठाकुरबाबा नगरपालिकाका नगर उपप्रमुख विना भट्टराईले जानकारी दिनु भयो । नगरपालिकाले यसै आर्थिक बर्ष भित्र घर निर्माण गरी सम्बन्धीत व्यक्तीलाई हस्तान्तरण गर्ने योजना रहेको उहाँले बताउनु भयो ।


ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्सालले नगरपालिका भित्रका १ सय ५० जनाले विपन्न आवासका लागि निवेदन दिएका मध्ये यस वर्ष मुक्तकमैया, सुकुम्बासी, २०७१ सालका बाढी पीडित र वन्यजन्तु पीडित गरि १ सय २ जना विपन्न परिवारका लागि घर निर्माण गर्न थालिएको बताउनु भयो । उहाँले भन्नु भयो –‘अपाङ्गता भएका ९ घरपरिवारका लागि ३ लाख ७५ हजारमा अन्य विपन्न ९३ घरपरिवारका लागि १ लाख ७५ हजार रुपैयाँमा घर निर्माण हुँदै छ । ’
विन परियोजना र स्थानीयको साझेदारीमा ऊर्जा प्रभावकारी र वातावरणीय मैत्री भवन निर्माण भइरहेको छ । वातावरणीय मैत्री भवन निर्माणका लागि नगरपालिका भित्रका स्थानीय २७ जनालाई प्रशिक्षण दिईएको छ ।

Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page