

कृष्णसार अनलाइन । नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्यसमिति बर्दियाको सभापतिमा नरेन्द्र कुमार शर्मा कोइराला निर्विरोध निर्वाचित हुनु भएको छ । ४२ औँ जिल्ला बार्षिक साधारण सभाले कोइरालाको नेतृत्वमा १७ जनाको जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।

निर्विरोध निर्वाचित हुनुहुनेमा महिला उपसभापतिमा सुनिता खड्का, उपसभापतिमा गोविन्द प्रसाद शर्मा, मन्त्रीमा अर्जुन सुवेदी, कोषाध्यक्ष भेजेन्द्र बहादुर थापा, उपमन्त्री अम्बरबहादुर के.सी.र उपकोषाध्यक्षमा अशोक प्रसाद सिग्देल रहनु भएको छ ।
त्यसैगरी सदस्यमा यशोदा थारू, विष्णु माया आचार्य (खनाल), राधिका चौधरी, महेश चन्द्र गौतम, कृष्ण प्रसाद पोखरेल, मुकुन्द अर्याल, माधव प्रसाद पोख्रेल, रिम बहादुर खड्का, घनश्याम चौधरी र गोकुल कुमार कठायत निर्वाचित हुनु भएको निर्वाचित समितिले जनाएको छ ।